२०८२, २९ फाल्गुन शनिबार

काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना

काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना


धुलिखेल, २१ जेठः काभ्रेको नाला स्थित उग्रचण्डी भगवती माईलाई पसिना आएको छ । मन्दिरका पुजारी सिद्धिबहादुर कर्माचार्यका अनुसार बुधबार बिहान पौने ७ बजे स्थानीय मंगल श्रेष्ठ र राजेन्द्र श्रेष्ठले मन्दिर परिसरभित्र महिला रोएको आवाज सुनेका थिए । त्यसपछि भगवती माईलाई पसिना आएको पुजारी कर्माचार्यले बताए ।

देशमा कुनै अनिष्ट हुनु अघि पूर्व संकेतका रुपमा भगवती माईको सिलामा पसिना आउने गरेको किम्बतन्ती रहेको छ । भगवती माईको सिालमा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पुजा गर्ने बताइएको छ । त्यस्तै शनिबार नालाका स्थानीयले क्षमा पुजा गर्ने निर्णय भएको पुजारी कर्माचार्यले बताउनुभयो । यसअघि २०७१ साल कात्तिक १५ गते पनि भगवती माईलाई पसिना आएको थियो । त्यसको ६ महिना पछि २०७२ साल बैशाख १२ गते बिनाशकारी भुकम्प गएको थियो । त्यो बेला पसिना आएपछि क्षमा पुजा, भगवतीको जात्रा, होम र रथयात्रा गरिएको थियो ।

पुजारी कर्माचार्यका अनुसार १ सय ९४ वर्षअघि भगवती माईको सिलामा रगत र पसिना आएको थियो । त्यो बेला असिना र पानी परेर धेरैको ज्यान गएको बताइन्छ । नाला उग्रचण्डी भगवती माईको मन्दिरमा भदौ महिनामा लाग्ने इन्द्र जात्राको तीन दिनपछि र दसैको टिकाको दिन ठूलो जात्रा लाग्ने गरेको छ ।

प्रकाशित मिति : २०७७, २१ जेष्ठ बुधबार  ११ : ३३ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज