२०८२, २ माघ शुक्रबार

काभ्रेका ४० पत्रकारलाई ज्याकेट र मास्क वितरण

काभ्रेका ४० पत्रकारलाई ज्याकेट र मास्क वितरण


धुलिखेल १३ जेठ  : काँग्रेस काभ्रेले जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरेकाे छ । प्रेस युनियन स्थापना दिवसकाे अवसर पारेर काँग्रेसले जिल्लाका पत्रकारलाइ प्रेस ज्याकेट दिएकाे हाे । मंगलबार बनेपा बुडाेल स्थित पत्रकार महासंघका भवनमा एक कार्यक्रम गरी नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले जिल्लामा क्रियाशिल ४० जना पत्रकारलाई  प्रेस ज्याकेट र एन ९५ मास्क वितरण गरेका हुन् ।

कार्यक्रममा नेता हुमागाईले (कोभिड-१९) कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा रहेर समाचार संकलन गर्नुपर्ने भएकाले एन ९५ मास्क र प्रेस ज्यकेट वितरण गरिएको बताए ।

कोभिड १९ कोरोना भाईरस विरुद्ध जिल्लाको अभियानबारे नेता हुमागाई र पत्रकारबीच छ्लफल भएको थियो । सरकारले ल्याएकाे नीति र कार्यक्रममा  (कोभिड -१९) कोरोना भाईरस नियन्त्रणका लागि कुरा नसमेटिएकाे भन्दै नेता हुमागाइले बजेट मार्फत सबै समस्यामा परेका हरेक पेसा, ब्यवसायलाइ समेट्न सरकारलाइ अनुराेध गरे ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  १० : ४७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा