२०८२, २ माघ शुक्रबार

मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई हाइजिन किट वितरण

मण्डनदेउपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई हाइजिन किट वितरण


धुलिखेल ३१ बैशाख  : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले दुई वटा वडामा अपाङ्गता भएका व्यक्तिहरुको लागि हाइजिन किट वितर गरेको छ ।

नगरपालिकाले वडा नं ५ का ४१ जना र ६ का २७ जना लाई हाइजिन किट वितरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र रिमरेकको सहयोगमा आज किट वितरण गरिएको नगरपालिकाका प्रबक्ता डिल्लिप्रसाद आचार्यले बताए । नगरपालिकाको १२ वटै वडामा वितरण गर्न लागिएको किटमा हात धुने साबुन, प्याड, मञ्जन, ब्रस लगायतका सरसफाइका सामान राखिएको छ । नगरपालिकाले यसअघि वडा नं ७ मा पनि हाइजिन किट वितरण गरेको थियो । रातो कार्ड भएका ब्यक्तिहरुलाई मात्र किट वितरण गरिएको प्रवक्ता आचार्यले जनाएको छ ।

रातो कार्ड पाउने बाहेकका अपाङ्गता भएका ब्यक्तिलाई भने सरसफाईका सामान्य सामाग्री मात्र दिइएको छ । पालिकामा रातो कार्ड पाउने ७५ जना, निलो कार्ड १६५, पहेलो कार्ड ९० र सेतो कार्ड पाउने ५६ गरी जम्मा अपाङ्गता भएका ब्यक्तिको संख्या ३ सय ८६ छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ५ : २५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा