२०८२, २३ कार्तिक शनिबार

नेकपा स्थायी कमिटी बैठक बस्दै, लिपुलेक र नीति तथा कार्यक्रमबारे छलफल हुने

नेकपा स्थायी कमिटी बैठक बस्दै, लिपुलेक र नीति तथा कार्यक्रमबारे छलफल हुने


काठमाडौं, ३१ वैशाख: नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ ।

यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सदस्यहरुको अनिच्छाका कारण बैठक स्थगित गरिएको थियो ।

त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक(पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए । त्यसपछि सचिवालय बैठकले २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गर्‍यो ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न भन्दै २४ गते बसेको सचिवालय बैठकमा ओली स्वास्थ्यको कारण देखाउँदै उठेर हिँडेपछि बैठक अनिश्चित भएको थियो ।

अनलाइन खबर

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ८ : ४४ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा