२०८२, १९ मंसिर शुक्रबार

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघद्वारा राहत वितरण

नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघद्वारा राहत वितरण


काठमाडौं, ३० बैशाख: नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघले विश्वभरी फैलिएको माहाव्याधी कोभिड १९ भाइरसका कारण सरकारले गरेको लकडाउनबाट दैनिक गुजारामा समस्या झेलिरहेका कराँते खेलाडीहरुलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने काठमाण्डौ र आसपासका जिल्लामा रहेका कराँते खेलाडीहरुको परिवारलाई संघले खाधान्न प्याकेज सहयोग गरेको हो ।

संघले राष्ट्रिय खेलकुद परिषद, नेप्लिज फ़ेशन होम, समय शान्दर्भिकको सहकार्यमा दैनिक जीवनयापनमा समस्या व्यहोरिरहेका खेलाडीहरुलाई सहयोग गरिएको नेपाल क्योकिशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष शिहान अशोककुमार श्रेष्ठले जानाए । खेलकुदको मुख्य उद्देश्य भनेको राम्रा खेलाडी उत्पादन गरेर देशको नामलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्नुका साथै सामाजिक उत्तरदायित्वप्रति कराँते खेलाडीहरुलाई ज़िम्मेवार बनाउँदै समाजमा स्थापित गर्ने संघको लक्ष्य रहेकाले खेलाडीहरुको संरक्षणमा संघले सघाउने प्रयास गरेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

अन्य कराँते संघहरुभन्दा भिन्न क्रियाकलाप गर्दै आएको यो संघले आफू अन्तर्गतको डोजोका खेलाडीहरुलाई तिनीहरुको आर्थिक अवस्था हेरी तालिम, बिद्यालय पोशाक तथा स्टेशनरी सामाग्रीहरु बार्षिक रुपमा निःशुल्क बितरण गर्दै आएको छ । शिहान अशोककुमार श्रेष्ठ नेपालको फुलकन्ट्याक्ट कराँतेको क्षेत्रमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय ६ डान प्राप्त ब्ल्याक बेल्ट हुन् ।

उनी अन्तर्राष्ट्रिय कराँते महासंघ, स्विट्ज़रलैंडद्वारा “सीनियर मास्टर अफ द ईयर २०१९” को गोल्ड अवार्डबाट सम्मानित व्यक्ति समेत हुन् । महाव्याधी रोगका कारण नागरिकहरुले समस्या व्यहोरिरहेका बेला संघले आफ्नो क्षमताअनुसारको सामाजिक उत्तरदायित्व निर्वाह गरेको अध्यक्ष श्रेष्ठले बताए । संघले आफू अन्तर्गतको डोजोका खेलाडीहरुको परिवारको आर्थिक अवस्थालाई आधार बनाई सहयोग उपलब्ध गराउने गरेको संघका उपाध्यक्ष हेमा मानन्धरले बताएका छन् ।

सामाजिक उत्तरदायित्व वहनमा संघले देखाएको तदारुकताको सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवालले संघलाई सहयोग उपलब्ध गराएका छन् ।

प्रकाशित मिति : २०७७, ३० बैशाख मंगलबार  ८ : २१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको