२०८३, १७ बैशाख शुक्रबार

लिपुलेकको बिषयमा ओली सरकारलाई गाली गरेर केही पाइन्नः प्रदीप नेपाल

लिपुलेकको बिषयमा ओली सरकारलाई गाली गरेर केही पाइन्नः प्रदीप नेपाल


काठमाण्डाै, २८ बैशाखः  नेकपाका नेता प्रदीप नेपालले लिपुलेकको बिषय २०१८ सालमै उठेको र त्यसलाई पंचायती शासकले ३० बर्षसम्म लुकाएर राखेको खुलासा गरेका छन् । लिपुलेकको बिषयमा नेपाली कांग्रेसका नेताहरु राष्ट्रवादी भएर उफ्रिरहेका छन् । तर कांग्रेसले २०४६ पछि सरकार चलाउँदा लिपुलेक र कालापानी फिर्ताको आन्दोलनलाई दमन गरेको इतिहास छ ।

नेकपा नेता तथा पूर्व मन्त्री प्रदीप नेपालले सामाजिक संजालमा लेखेका छन्–‘लिपुलेकको मुद्दा २०१८ सालमा उठ्यो । पंचायती सरकारले यति गम्भीर बिषयलाई तीस बर्ष लुकाएर राख्यो । २०४८ सालमा यो जनतासमक्ष आयो । कालापानी मार्च पनि भयो । तर भारतको पेलाहा सरकारले कहिल्यै हाम्रो कुरा सुनेन । अहिलेको सरकारलाई गाली गरेर केही पाइन्न । भारतसँग हामी युद्ध गर्न सक्दैनौं । कूटनीतिक पहल नै यसको सही मार्ग हो ।’ नेता नेपाल पछिल्लो समयमा पार्टी राजनीतिभन्दा पनि अध्ययन र लेखनमै ब्यस्त छन् ।

यसैगरी बरिष्ठ पत्रकार मोहन मैनालीले भारतले लिपुलेक र कालापानीको भूमि मिचिएकोमा बिरोध गर्नेहरुलाई एकपटक आफ्नो शासनकालमा के गरें भनेर खुलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्–‘लिपुलेकमा भारतले बाटो बनाएकोमा अरूले विरोध गरेकोलाई जायज मान्छु तर अहिले भारतले बाटो बनाएको ठाउँलाई नेपालको सीमाबाहिर पारेर नक्सा जारी गर्ने नापी विभागका पूर्वमहानिर्देशक, लिपुलेकलगायतका ठाउँ भारतले मिचेका बेला यताका गृह, परराष्ट्र र रक्षा मन्त्रालयका पूर्व हाकिम त्यसयताका सबै मन्त्री खासगरी परराष्ट्र, गृह, रक्षा र प्रधानमन्त्रीले आफ्ना पालामा यस विषयमा के गरेँ भनेर नखुलाएसम्म यस विषयमा बोल्न लाज मानिदिए हुने ।’

प्रकाशित मिति : २०७७, २८ बैशाख आईतबार  ११ : १७ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले