२०८३, २५ भाद्र शुक्रबार

धुलिखेल कारगारमा मानवअधिकारको अवस्था अनुगमन

धुलिखेल कारगारमा मानवअधिकारको अवस्था अनुगमन


धुलिखेल २६ बैशाख : कोरोना भाइरसको संक्रमणबाट उत्पन्न जटिल परिस्थितिमा मानव अधिकारको अवस्थाबारे बैशाख २६ गते जिल्ला कारागार काभ्रेमा अनुगमन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार अनुगमन समिति काभ्रेले जिल्ला कारागारमा रहेका थुनुवा र कैदीबन्दीहरुको स्वास्थ्योपचारको व्यवस्था, दैनिक खानपान र मानाव अधिकारबारे अनुगमन गरेको नेपाल बार एशोसिएशन काभ्रेका अध्यक्ष एवं अनुगमन समिति काभ्रेका सदस्य देवकुमार मोक्तानले बताउनुभयो ।

जिल्ला कारगारमा थुनुवा ८३, कैदी १५९ गरी २४२ जना कैदीबन्दी रहेका छन् । कारगारमा कैदीबन्दीहरुबका लागि नौ वटा खाना बनाउने मेस संचालनमा रहेको छ । त्यस्तै कैदीबन्दीहरुका लागि अंग्रेजी विषयको कक्ष र प्रौढ शिक्षा संचालन भैरहेको जिल्ला कारगार धुलिखेलका प्रमुख जंगबहादुर राईले बताउनु भयो । प्रमुख राईका अनुसार कारगारमा ज्वरो जाँचगर्न थर्मल गनको अभाव रहेको छ । त्यस्तै कैदीबन्दीहरुको कोरोना भाइरस आरडिटी विधि माफर्त जाँच गर्नका लागि २०० बटा किट तयारी अवस्थामा रहेको छ ।

कारगारमा ५ जना प्रेसर, २ जना सुगर र १९ जना मानसिक रोगी कैदीबन्दी छन् । यी कैदीबन्दीले दैनिक सेवन गर्ने औषधि कारागारले व्यवस्था गरेको कारागारका स्वास्थ्य शाखा प्रमुख विदुर चौलागाईले बताउनुभयो ।

कारागारभित्र मास्क, स्यानेटाइटर र साबुनको पनि ब्यवस्था गरिएको छ । नयाँ कैदीबन्दीका लागि क्वारेन्टाइको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ९ : ३१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको