२०८२, १९ मंसिर शुक्रबार

धुलिखेल कारगारमा मानवअधिकारको अवस्था अनुगमन

धुलिखेल कारगारमा मानवअधिकारको अवस्था अनुगमन


धुलिखेल २६ बैशाख : कोरोना भाइरसको संक्रमणबाट उत्पन्न जटिल परिस्थितिमा मानव अधिकारको अवस्थाबारे बैशाख २६ गते जिल्ला कारागार काभ्रेमा अनुगमन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानव अधिकार अनुगमन समिति काभ्रेले जिल्ला कारागारमा रहेका थुनुवा र कैदीबन्दीहरुको स्वास्थ्योपचारको व्यवस्था, दैनिक खानपान र मानाव अधिकारबारे अनुगमन गरेको नेपाल बार एशोसिएशन काभ्रेका अध्यक्ष एवं अनुगमन समिति काभ्रेका सदस्य देवकुमार मोक्तानले बताउनुभयो ।

जिल्ला कारगारमा थुनुवा ८३, कैदी १५९ गरी २४२ जना कैदीबन्दी रहेका छन् । कारगारमा कैदीबन्दीहरुबका लागि नौ वटा खाना बनाउने मेस संचालनमा रहेको छ । त्यस्तै कैदीबन्दीहरुका लागि अंग्रेजी विषयको कक्ष र प्रौढ शिक्षा संचालन भैरहेको जिल्ला कारगार धुलिखेलका प्रमुख जंगबहादुर राईले बताउनु भयो । प्रमुख राईका अनुसार कारगारमा ज्वरो जाँचगर्न थर्मल गनको अभाव रहेको छ । त्यस्तै कैदीबन्दीहरुको कोरोना भाइरस आरडिटी विधि माफर्त जाँच गर्नका लागि २०० बटा किट तयारी अवस्थामा रहेको छ ।

कारगारमा ५ जना प्रेसर, २ जना सुगर र १९ जना मानसिक रोगी कैदीबन्दी छन् । यी कैदीबन्दीले दैनिक सेवन गर्ने औषधि कारागारले व्यवस्था गरेको कारागारका स्वास्थ्य शाखा प्रमुख विदुर चौलागाईले बताउनुभयो ।

कारागारभित्र मास्क, स्यानेटाइटर र साबुनको पनि ब्यवस्था गरिएको छ । नयाँ कैदीबन्दीका लागि क्वारेन्टाइको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०७७, २७ बैशाख शनिबार  ९ : ३१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको