२०८३, १७ बैशाख शुक्रबार

राहत वितरणस्थलमा गोली चल्यो

राहत वितरणस्थलमा गोली चल्यो


सिरहा २२ बैसाख : सिरहाको मिर्चैयामा राहत वितरण स्थलमा गोली चलेको छ । राहत वितरणमा विवाद हुँदा भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले बताए ।

प्रहरी नायव उपरीक्षक जैसवालका अनुसार मिर्चैया नगरपालिका ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको थियो ।

झडपलाई नियन्त्रण गर्न वडा कार्यालय पुगेका प्रहरी टोलीले भीड तितरबितर गर्न ९ राउण्ड हवाई फायर गरेको प्रहरीले बताए । वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै दुई दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएको थियो ।

घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ५ : ४८ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले