२०८३, ८ कार्तिक आईतबार

राहत वितरणस्थलमा गोली चल्यो

राहत वितरणस्थलमा गोली चल्यो


सिरहा २२ बैसाख : सिरहाको मिर्चैयामा राहत वितरण स्थलमा गोली चलेको छ । राहत वितरणमा विवाद हुँदा भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले बताए ।

प्रहरी नायव उपरीक्षक जैसवालका अनुसार मिर्चैया नगरपालिका ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको थियो ।

झडपलाई नियन्त्रण गर्न वडा कार्यालय पुगेका प्रहरी टोलीले भीड तितरबितर गर्न ९ राउण्ड हवाई फायर गरेको प्रहरीले बताए । वडा कार्यालयले राहतमा विपन्न परिवारलाई छाडेको भन्दै दुई दिनदेखि वडा कार्यालय घेराउ गर्दै आएको थियो ।

घटनापश्चात वडा अध्यक्ष रामकुमार यादवले नाम छुटेका परिवारलाई राहत वितरण गरिने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ५ : ४८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना