२०८२, १८ मंसिर बिहीबार

इटालीपछि रुस कोरोनाको केन्द्र बन्दै, एकै दिन १० बजार बढी संक्रमित

इटालीपछि रुस कोरोनाको केन्द्र बन्दै, एकै दिन १० बजार बढी संक्रमित


काठमाडौं, २२ बैशाख पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै दिन १० हजार मानिसमा संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

यो सँगै अब रुस कोरोनाको केन्द्र बनेको छ । मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण ह्वात्तै बढेको हो । अहिले एक लाख ३४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार २८० जनाको मृत्यु भइसकेको छ । रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन स्वयम् कोरोना भाइरसबाट संक्रमित बनेका छन् । एक महिनाअघि पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा पुगेको छ । धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पार्दै अघि बढेपछि रुस नयाँ इपिसेन्टरका रुपमा देखिएको छ । राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगेको बताएका छन् ।

देशभर मे ११ सम्मका लागि काम गर्न नपाइने नियम लगाइएको छ भने मार्च ३० देखि राजधानी मस्कोका एक करोड २० लाख मानिसलाई अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरिएको छ । रूसमा अहिले दैनिक एक लाख ५० हजार मानिसको कोरोना परीक्षण भइरहेको दाबी पुटिनले गरेका छन् । त्यहाँ अहिलेसम्म ३० लाख मानिसको कोरोना परीक्षण गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको