२०८२, २३ कार्तिक शनिबार

अनेरास्ववियुद्वारा ७६८ विद्यार्थी तथा मजदुरलाई राहत

अनेरास्ववियुद्वारा ७६८ विद्यार्थी तथा मजदुरलाई राहत


काठमाडौ २१ बैशाख :   नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण गरेको छ ।

लकडाउन शुरु भएयता अनेरास्ववियु कैलालीले ७६८ जनालाई राहत वितरण गरेको हो । लकडाउनका कारण घर जान नपाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी र मजदुरलाई छाक टार्न कठिनाइ भइरहेकाले राहत सामग्री वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज राईले बताउनुभयो । राहतस्वरुप विद्यार्थी तथा मजदुरलाई घरमै पुगेर चामल, दाल, नुन, तेल, साबुन, ब्रस, मञ्जन, सर्जिकल मास्कलगायत सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा स्वकीय सचिव हितेश ओझामार्फत ३० क्विन्टल चामल, दाल, तेल, नुनलगायत सामग्री पनि विद्यार्थी तथा मजदुरलाई वितरण गरिएको जनाइएको छ । अनरास्ववियु कैलालीले अप्ठ्यारोमा परेका विद्यार्थी तथा मजदुरलाई सहयोग गर्ने क्रम जारी रहने जनाएको छ । रासस

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ११ : २७ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा