२०८२, २३ कार्तिक शनिबार

बालुवाटारमा ओली-नेपाल एक्लाएक्लै भेट

बालुवाटारमा ओली-नेपाल एक्लाएक्लै भेट


काठमाण्डाै, १५ बैशाखः  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच झन्डै पौने घन्टा एक्लाएक्लै कुराकानी भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ।

दुई नेताबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन। पछिल्लो समय नेकपाभित्रको राजनीति निकै तरल बनेको छ।

ओली सरकारले राजनीतिक दल फुटाउन खुकुलो प्रावधानसहित दुई वटा अध्यादेश ल्याएपछि नेकपाभित्र चलिरहेको अन्तरसंघर्ष सतहमा देखिएको हो। सचिवालयका ९ मध्ये ६ जना सदस्यले अध्यादेश फिर्ता लिन भनेका थिए।

अहिले नेपाल र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह एकातिर छन् भने ओली अर्कातिर भएका छन्। प्रचण्ड-नेपाल समूह आफूलाई सत्ताबाट हटाएर अघि जान लागेको भन्दै प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्नु पर्ने बताएका छन्। दुबै समूहका विभिन्न नेताहरूले विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

Setopati

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  २ : ०५ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा