२०८३, ७ कार्तिक शनिबार

दोलालघाटमा उपभोक्ता ठगी, काभ्रे प्रहरी प्रमुखले गरे वेवास्ता

दोलालघाटमा उपभोक्ता ठगी, काभ्रे प्रहरी प्रमुखले गरे वेवास्ता


धुलिखेल, १० बैशाख : काभ्रेको दोलालघाट बजारमा हार्डवेयर पसलले उपभोक्तालाइ चरम ठगी गरेको पाइएको छ । के.आर जोशी सप्लायर्स एण्ड हार्डवेयरले उपभोक्तालाई ठगी गरेको हो ।

प्रतिबोरा ६ सय रुपैँयामा गोदाममा अनलोड गरिएको जगदम्बा सिमेन्ट उपभोक्तालाई भने ७ सय ५० रुपैयाँमा बिक्री गरेको पाइएको हो । लकडाउन भन्दा अघि सोहि हार्डवेयरले ६९० रुपैँया प्रति बोरा सिमेन्ट बेच्ने गरेको थियो । तर लकडाउनका नाममा उपभोक्तालाई ठगेको स्थानीय तेज काजी श्रेष्ठले बताए । ‘मलाई पनि सिमेन्ट चाँहिएर सोहि पसलमा लिन गएको थिए, श्रेष्ठले भने ‘१५ बोरा सिमेन्ट ७ सय ५० को दरले लगेको हुँ ।’

ठगी गरेको गुनासो प्रहरीलाइ समेत स्थानीयले भनेका थिए । स्थानीय प्रहरी पसलमा गएपनि कुनै कारबाही नगरेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवि कुमार पौडेललाई फोन गरेको एक स्थानीयले खबरघरलाई बताए । एसपी पौडेलले स्थानीयको कुरै सुन्न नचाहेको स्थानीयले गुनासो गरेका छन् ।

तर हार्डवेयर सञ्चालक निकिता जोशीले भने आफ्नो पसलबाट बढी मुल्यमा सिमेन्ट नबेचेको जिकिर गरिन् । ‘हिजो मात्रै जगदम्बा सिमेन्टको कम्पनीबाट फोन आएको थियो, ६ सय रुपैयाँमा सिमेन्ट झार्दिन्छु भनि रहनुभएको थियो, निकिताले भनिन् ‘यहाँ स्थानीयले महँगो भयो भनिरहेका छन्, अहिले झार्नु पर्दैन ।’

हरेक स्थानीय तहमा उपाध्यक्ष-उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति छ । तर बजार अनुगमन समितिले समय–समयमा बजार अनुगमन नगर्दा लकडाउनका मौका छोपेर ब्यवसायीले उभोक्ता ठगिरहेका छन् ।

भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले करिब दुई महिना अघि दोलालघाट बजार अनुगमन गरेको बताइन् । ‘यो वा त्यो बहानामा कुनै पनि ब्यवसायीले उभोक्तालाई ठगी गर्न पाउँदैनन्, उपाध्यक्ष श्रेष्ठले भनिन् ‘यदि त्यस्तो उजुरी गाउँपालिकामा परे कारबाही हुन्छ ।’

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  २ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना