२०८२, ११ माघ आईतबार

पाँचखालको अग्नी पिडित रामबहादुरलाई यूवाहरुको सहयोग

पाँचखालको अग्नी पिडित रामबहादुरलाई यूवाहरुको सहयोग


धुलिखेल ९ बैशाख : काभ्रेको पाँचखाल नगरपालिका वडा नं ५ मदनबासका अग्नी पिडित रामबहादुर तामाङलाई पाँचखालका यूवाहरुले १ लाख २५ हजार बराबरको सामान सहयोग गरेका छन् ।

बैशाख ८ गते घरमा करेन्ट सर्ट भएर आगलागी भई घर जलेर समस्यामा परेका रामबहादुर तामाङलाई घर छाउने जस्ता, पाईप, झ्यालढोका, लत्ताकपडा, सिरकडस्ना र आवश्यक रासन पानी सहयोग गरिएको नेकपा काभ्रेका सदस्य एवं राष्ट्रिय युवा संघ काभ्रेका सह -सयोजक राजकुमार श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार सहयोगीहरुमा ग्रिन भिलेज हाउजिङ प्रालिले पाँचखालका समाजसेवी रमेश राज गिरिको सहजीकरणमा जस्ता लगायत छानोका सम्पुर्ण सामग्री सहयोग गरेका छन् ।

यसैगरी पाँचखालकै समाजसेवी धनबहादुर तामाङले घरमा लाग्ने झ्याल ढोका, पाचखाल नगरपालिका वडा नं ५ का अध्यक्ष बालकृष्ण सापकोटाले खाद्यान्न र लत्ताकपडा, नेकपा जिल्ला सदस्य एवं राष्ट्रिय युवा संघ काभ्रेका जिल्ला सह संयोजक राजकुमार श्रेष्ठले खाद्यान्न तथा लत्ताकपडा र पाचखालकै समाजसेवी गणेशलाल श्रेष्ठले लगाउने कपडा तथा तरकारी उपलब्ध गराएका थिए ।

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  ७ : ०६ बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी