काठमाडौं २ वैशाख : भारतल सरकारले लकडाउन तीन साताका लागि थपिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्बोधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लागि लकडाउन थपिएको जनाएको छ ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ । भारतमा हालसम्म करिब १० हजारमा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने साढे ३ सय जनको मृत्यु भइसकेको छ । यसैविच नेपालमा लकडाउन थप्ने तयारी भैरहेको छ ।
लकडाउन थप्ने र कोर।ेना नियन्त्रण गर्न सरकारले गरेका कामको समिक्षा गर्न मन्त्रिपरिषद् को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठक अहिले बिहान ११ बजे बस्ने तयारी रहेको र त्यसले लकडाउनको अवधि कम्तीमा एक हप्ता थप्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । दोस्रो पटक थपिएको लकडाउन अवधि भोलि बुधबार सकिंदैछ ।
प्रतिक्रिया