२०८३, १७ बैशाख शुक्रबार

प्रधानमन्त्री ओलीविरुद्ध फेसबुकबाट अफवाह फैलाउने काभ्रेका श्रेष्ठ सहित दुई जना पक्राउ

प्रधानमन्त्री ओलीविरुद्ध फेसबुकबाट अफवाह फैलाउने काभ्रेका श्रेष्ठ सहित दुई जना पक्राउ


काठमाडौं, २८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने काभ्रेका श्रेष्ठ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोको टोलीले दुवैलाई पक्राउ काठमाडौं प्रहरीले जनाएको छ ।

बिहीबार पक्राउ परेका उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २८ चैत्र शुक्रबार  १० : २२ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले