२०८३, २० आश्विन बुधबार

कुटनीतिक नम्बरको गाडीमा थर्मो गनको कालोबजारी, काउन्सलर अग्रवाल पक्राउ

कुटनीतिक नम्बरको गाडीमा थर्मो गनको कालोबजारी, काउन्सलर अग्रवाल पक्राउ


काठमाडौं, २५ चैत  :  नेपालमा कोरोना महामारीको अवसरलाई छोपेर व्यापारीहरुले कालोबजारी गरिरहेको गुनासो आइरहेका छ । कोरोनाको मौका छोपेर व्यापारीले मात्र होइन एक जिम्मेवार व्यक्तिले समेत कमाउ धन्दा चलाइरहेको घटना बाहिर आएको छ ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार ६७ थान थर्मो गन प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न कुटनीतिक गाडीमा आएका किर्गिस्तानका लागि नेपालका अनररी काउन्सलर सुलभ अग्रवाललाइ पक्राउ गरेको छ ।

प्रहरीले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा अग्रवाललाइ पक्राउ गरेको हो । उनका साथबाट ६७ थान थर्मो गन समेत बरामद भएको छ ।

जगदम्बा सिमेन्ट, जगदम्बा छड र धागो उद्योगका मालिक समेत रहेका अग्रवाललाई नक्साल क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ । २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिडेको अवस्थामा महाशाखाले फेला पारेको हो ।

गत साता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केहि व्यापारीले चीनबाट सामग्री ल्याएका थिए । सोही जहाजमा शंकर ग्रुपले पनि स्वास्थ्य सामग्री ल्याएको पाइएको छ ।
नयाँ पेजबाट साभार

प्रकाशित मिति : २०७६, २५ चैत्र मंगलबार  ४ : ३७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको