२०८२, २५ कार्तिक मंगलबार

पनौती फुड बैंकलाई सामुदायिक साकोसले गर्यो राहत सामाग्री हस्तान्तरण

पनौती फुड बैंकलाई सामुदायिक साकोसले गर्यो राहत सामाग्री हस्तान्तरण


पनौती : वित्तीय क्षेत्रमा काभ्रेको अग्रणी मध्यको एक सामुदायिक साकोसले पनौती नगरपालिकाद्वारा खडा गरिएको फुड बैंकलाई आइतबार राहत उपलब्ध गराएको छ ।

विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकार लगायत स्थानीय तहहरुले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्नुपर्ने वर्गलाई लक्षित गरी राहत वितरण गर्ने उदेश्यले विभिन्न स्थानीय तहहरुले आ-आफ्नै स्थानबाट विभिन्न उपायहरु अपनाउदै राहत वितरण गरिरहेको अवस्थामा पनौती नगरपालिकाले खाद्यान्न सामाग्रीहरु राहत स्वरुप वितरण गर्न पालिकाले खाद्यान्न संकलन केन्द्र (फुड बैंक) को स्थापना गरी विभिन्न संघ संस्थाहरुलाई सहयोगको अपिल गरेकोमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले नगरपालिकाको उक्त फुड बैंकलाई खाने शुद्ध तोरीको तेल २९४ लिटर सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताए ।

सो सहयोग स्वरुप उपलब्ध गराइएको तेल संस्थाका अध्यक्ष प्रकाश बन्जाराले पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सेवाकेन्द्रहरु रहेको स्थानीय तहहरुलाई खाद्यान्न वा नगद सहयोग गर्ने पनि अध्यक्ष बन्जाराले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ३ : ०६ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको