२०८३, २५ भाद्र शुक्रबार

पनौती फुड बैंकलाई सामुदायिक साकोसले गर्यो राहत सामाग्री हस्तान्तरण

पनौती फुड बैंकलाई सामुदायिक साकोसले गर्यो राहत सामाग्री हस्तान्तरण


पनौती : वित्तीय क्षेत्रमा काभ्रेको अग्रणी मध्यको एक सामुदायिक साकोसले पनौती नगरपालिकाद्वारा खडा गरिएको फुड बैंकलाई आइतबार राहत उपलब्ध गराएको छ ।

विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकार लगायत स्थानीय तहहरुले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्नुपर्ने वर्गलाई लक्षित गरी राहत वितरण गर्ने उदेश्यले विभिन्न स्थानीय तहहरुले आ-आफ्नै स्थानबाट विभिन्न उपायहरु अपनाउदै राहत वितरण गरिरहेको अवस्थामा पनौती नगरपालिकाले खाद्यान्न सामाग्रीहरु राहत स्वरुप वितरण गर्न पालिकाले खाद्यान्न संकलन केन्द्र (फुड बैंक) को स्थापना गरी विभिन्न संघ संस्थाहरुलाई सहयोगको अपिल गरेकोमा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले नगरपालिकाको उक्त फुड बैंकलाई खाने शुद्ध तोरीको तेल २९४ लिटर सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताए ।

सो सहयोग स्वरुप उपलब्ध गराइएको तेल संस्थाका अध्यक्ष प्रकाश बन्जाराले पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सेवाकेन्द्रहरु रहेको स्थानीय तहहरुलाई खाद्यान्न वा नगद सहयोग गर्ने पनि अध्यक्ष बन्जाराले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २३ चैत्र आईतबार  ३ : ०६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको