२०८२, २३ कार्तिक शनिबार

पनौती नगरपालिकालाई अखिलको सहयोग

पनौती नगरपालिकालाई अखिलको सहयोग


धुलिखेल २० चैत  : नेकपा निकट विद्यार्थी संगठन अखिल काभ्रेले पनौती नगरपालिकालाई सहयोग गरिएको छ ।  क्वारेन्टाइन बस्ने र लकडाउनको बेला समस्यामा परेका मजदुर गरिव परिवारलाई वितरणका लागि नगरले स्थापना गरेको (फुड बैंक) लाई खाद्य सामग्री सहयोग गरिएको हो ।

पनौती नगरपालिकाले बुधबार स्थापना गरेको (फुड बैंक) मार्फत १७ प्रकारको दैनिक उपभोग्य सामाग्री प्रत्येक वडामा अति बिपन्न १० घरधुरीलाई दिने निर्णय गरेको थियो । अनेरास्ववियू काभ्रेका संयोजक उपेन्द्र शर्माले पनौती नगरपालिकाले स्थापना गरेको(खाद्य भण्डार) प्रमुख तथा नगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई सहयोग हस्तान्तरण गरेको अखिल काभ्रेले जनाएको छ । सहयोग हस्तनन्तरण गदै अध्यक्ष शर्माले विपदको बेला अखिल जनताको घरदैलो पुग्ने गरेको बताए ।

संकलित खाद्य सामग्री बुधबार पनौती नगरपालिकाले वडा नं १ मा वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा पनौती नगरपालिका उपप्रमुख गीता बन्जारा, वडा नं १ अध्यक्ष गुणनाथ सापकोटा, नेकपा नेता रामचन्द्र सापकोटा, अनेरास्ववियू काभ्रे अध्यक्ष उपेन्द्र शर्मा, अनेरास्ववियू जिल्ला नेताहरु लगायत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७६, २० चैत्र बिहीबार  ११ : ३४ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा