२०८२, ११ माघ आईतबार

पूर्व मन्त्री बास्कोटाले गरे ३४ मजदुरको उद्धार

पूर्व मन्त्री बास्कोटाले गरे ३४ मजदुरको उद्धार


धुलिखेल, १९ चैतः पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले ३४ जना मजदुरको उद्धार गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर २ घर भइ हाल धादिङको इट्टा भट्टमा अलपत्र परेका ३४ मजदुरको उद्धार गरेका हुन् । पूर्व मन्त्री बास्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत अलपत्र परेको मजदुरको उद्धार गरी घरसम्म पुर्याउन सहयोग गरेको बताएका छन् ।

बुधबार बिहान गाउँ पुगेको उनीहरुलाई ज्वरो जाँच गरेर दुई हप्तासम्म आफ्नै घरमा बस्न र बाहिर अनावश्यक रुपमा हिड्डुल नगर्न आग्रह गरिएको वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए । नगरपालिकाका स्वास्थ्यकर्मी लगेर वडाध्यक्ष खतिवडाले उद्धार गरिएका सबै मदजुरको ज्वरो जाँच गराएका हुन् । स्वास्थ्यकर्मीहरुले सबै मजदुरको अवस्था ठीक रहेको बताएका वडाध्यक्ष खतिवडाले जानकारी दिए ।

३४ जना मजदुर परिवार सहित धादिङको धार्के स्थित टायल घर बि.बि.इट्टा भट्टमा काम गर्दै आएका थिए । लकडाउन पनि उनीहरु अलपत्र परेका थिए ।

प्रकाशित मिति : २०७६, १९ चैत्र बुधबार  ९ : २० बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी