२०८३, ८ कार्तिक आईतबार

नेपाललाई चीनको ढाडस ‘तिमी नआत्तिउ, चीन साथमा छ’

नेपाललाई चीनको ढाडस ‘तिमी नआत्तिउ, चीन साथमा छ’


काठमाडौं, ११ चैतः कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उनले चिकित्सा सामग्रीहरूको सहयोगका लागि प्रयास गरिरहेको जानकारी दिएकी छन् ।

हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग र्पुयाउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ !

‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट चीन आक्रान्त बनेको थियो । त्यहाँ हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गए पनि अवस्था नियन्त्रण उन्मुख छ । कोरोनाविरुद्धको लडाइँमा जित नजिक पुगेको उसले यसको चपेटामा परेका देशहरूतर्फ सहयोगको हात अघि बढाएको छ ।

यसअघि पनि नेपाललाई सहयोगका लागि तयार रहेको जनाएको चीनले सोमबार पुनः वचन दोहोर्याएको हो । चीनले नेपाललाई भूकम्प र नाकाबन्दीको बेलामा पनि सहयोग गरेको थियो ।

कोरोना भाइरसबाट आक्रान्त भएको बेला नेपाल सरकारले चीनलाई एक लाख थान मेडिकल मास्क सहयोग गरेको थियो भने नागरिकस्तरबाट ‘नेपाल चीनको साथमा छ’ भनेर हौसला बढाउने खालका कार्यक्रमहरु आयोजना गरिएका थिए ।

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ९ : १६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना