२०८३, १८ बैशाख शनिबार

आजदेखि काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

आजदेखि काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने


काठमाण्डौ, १० चैतः सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ ।

सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगन हमालले सोमबारदेखि काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहोर गर्न पाइने भए पनि काठमाण्डौ बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने बताउनुभयो । यो नियम उपत्यकाका तीन सहरबाहेक सबैतिर लागू हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब पाँचथरबाट ताप्लेजुङ अनि हुम्लाबाट जुम्लासम्म पनि जान रोकिनेछ । यसको अर्थ सीमा जोडिएका जिल्लामा पनि केही समयमा लागि गाडी चलाउन पाइने छैन ।’

महानिर्देशक हमालकाअनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूधलगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उहाँले बताउनुभयो ।

साभारः उज्यालाे अनलाइन

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ८ : १३ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा