२०८३, १८ बैशाख शनिबार

कोरोना बारे झुटो प्रचार गर्ने विवेक नेविसंघका नेता

कोरोना बारे झुटो प्रचार गर्ने विवेक नेविसंघका नेता


धुलिखेल, ८ चैतः कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मान्छे मरेको भन्दै हिमाल नाम गरेका साथीलाई, नर्भिक अस्पतालको हवाला दिदै आवाज रेकर्ड गरि सामाजिक सञ्जालमा पोष्ट गर्ने विवेक थापा मगर नेपाली काँग्रेसको विद्यार्थीं संगठन नेपाल विद्यार्थी संघसंग आबद्ध रहेको पाइएको छ ।

झुटो प्रचार गर्ने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेपछि यो रहस्य खुलेको हो । सुचना विभागमा दर्ता नभएको झोर्ले नाम गरेको समाचार अनलाइन मार्फत मगरले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको अडियो सामाजिक सञ्जालमा सन्देश पोष्ट थिए ।

आफ्नो फेसबुक प्रोफाइलमा मगरले आफु उक्त अनलाइनको सिइओ समेत रहेको उल्लेख गरेका छन् । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघमा आवद्ध रहेको उनको फेसबुकबाट देखिन्छ । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ६ : ०८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा