२०८३, ९ कार्तिक सोमबार

कोरोना बारे झुटो प्रचार गर्ने विवेक नेविसंघका नेता

कोरोना बारे झुटो प्रचार गर्ने विवेक नेविसंघका नेता


धुलिखेल, ८ चैतः कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण मान्छे मरेको भन्दै हिमाल नाम गरेका साथीलाई, नर्भिक अस्पतालको हवाला दिदै आवाज रेकर्ड गरि सामाजिक सञ्जालमा पोष्ट गर्ने विवेक थापा मगर नेपाली काँग्रेसको विद्यार्थीं संगठन नेपाल विद्यार्थी संघसंग आबद्ध रहेको पाइएको छ ।

झुटो प्रचार गर्ने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेपछि यो रहस्य खुलेको हो । सुचना विभागमा दर्ता नभएको झोर्ले नाम गरेको समाचार अनलाइन मार्फत मगरले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको अडियो सामाजिक सञ्जालमा सन्देश पोष्ट थिए ।

आफ्नो फेसबुक प्रोफाइलमा मगरले आफु उक्त अनलाइनको सिइओ समेत रहेको उल्लेख गरेका छन् । उनी पशुपति बहुमुखी क्याम्पसमा अध्ययनर रहेको र नेपाल विद्यार्थी संघमा आवद्ध रहेको उनको फेसबुकबाट देखिन्छ । थापा मगरले बनाएको अडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरू गरेको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको र अनर्गल प्रचारबारे कारबाहीको प्रक्रिया सुरू गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  ६ : ०८ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर