२०८२, २३ कार्तिक शनिबार

नेकपा काभ्रे भुम्लुद्वारा निःशुल्क बस सेवा

नेकपा काभ्रे भुम्लुद्वारा निःशुल्क बस सेवा


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भुम्लु गाउँ कमिटिले गाउँ जान खर्च नभएकाहरुका लागि निःशुल्क बसको ब्यवस्था गर्ने भएको छ । कोरोना भाइरसका कारण अधिकांशले सहर छाडिरहेका बेला खर्च नभएर गाउँ जान रोकिएकाहरुका लागि आइतबार दुईवटा बसको ब्यवस्था गरिएको हो ।

भुम्लु गाउँपालिका कमिटि र भुम्लु-काठमाण्डौँ सम्पर्क मञ्चले गाडीको ब्यवस्था गरेको मञ्चका इन्चार्ज क्रान्ति दोङले जानकारी दिए । उनका अनुसार बिहान ११ बजे जडिबुटी ढुङ्गेधाराबाट बस छुट्नेछ । एउटा बस जडिबुटी-दोलालघाट-भुम्लुटार-सापिङ्ग-सिम्थली हुदैँ बेखसिम्लेसम्म पुग्ने छ । अर्को बस जडिबुटी-दोलालघाट-फलाँटे-कोलाती-मुलाबारी-सल्ले हुदैँ चौबाससम्म जाने छ ।

सामाजिक सञ्जालमा चुनावका बेला पार्टीको झण्डा सहित टिसर्ट बाड्ने तर अहिले मास्क समेत वितरण गर्न नसक्ने भन्दै चौतर्फी राजनीतिक दलहरुको विरोध भइरहेका बेला काभ्रेको भुम्लु गाउँ कमिटीले पैसा नभएर गाउँ जान नसक्नेका लागि बसको ब्यवस्था गरेर उदाहरण प्रस्तुत गरेको छ । ‘भुम्लुबाट काठमाण्डौ आइ दैनिक ज्याला मुजदुर गर्ने मानिसलाई घर जान खर्च अभाव भइरहेको थाहा पाएपछि बसको ब्यवस्था गरेका हौँ, इञ्चार्ज दोङले भने ‘यो विशुद्ध आर्थिक रुपमा पछि परेको वर्गका लागि मात्रै हो ।’

कोरोना भाइरसको संक्रमण फैलने डरले विभिन्न पेसा, ब्यवसाय गर्दै आएको मानिसहरु धमाधम राजधानी छाडिरहेका छन् । तर खर्च नभएकाहरु भने गाउँ जान नसकेर अलपत्र परिरहेका छन् ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  १२ : ५७ बजे

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा