२०८२, २३ चैत्र मंगलबार

नेकपा काभ्रे भुम्लुद्वारा निःशुल्क बस सेवा

नेकपा काभ्रे भुम्लुद्वारा निःशुल्क बस सेवा


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भुम्लु गाउँ कमिटिले गाउँ जान खर्च नभएकाहरुका लागि निःशुल्क बसको ब्यवस्था गर्ने भएको छ । कोरोना भाइरसका कारण अधिकांशले सहर छाडिरहेका बेला खर्च नभएर गाउँ जान रोकिएकाहरुका लागि आइतबार दुईवटा बसको ब्यवस्था गरिएको हो ।

भुम्लु गाउँपालिका कमिटि र भुम्लु-काठमाण्डौँ सम्पर्क मञ्चले गाडीको ब्यवस्था गरेको मञ्चका इन्चार्ज क्रान्ति दोङले जानकारी दिए । उनका अनुसार बिहान ११ बजे जडिबुटी ढुङ्गेधाराबाट बस छुट्नेछ । एउटा बस जडिबुटी-दोलालघाट-भुम्लुटार-सापिङ्ग-सिम्थली हुदैँ बेखसिम्लेसम्म पुग्ने छ । अर्को बस जडिबुटी-दोलालघाट-फलाँटे-कोलाती-मुलाबारी-सल्ले हुदैँ चौबाससम्म जाने छ ।

सामाजिक सञ्जालमा चुनावका बेला पार्टीको झण्डा सहित टिसर्ट बाड्ने तर अहिले मास्क समेत वितरण गर्न नसक्ने भन्दै चौतर्फी राजनीतिक दलहरुको विरोध भइरहेका बेला काभ्रेको भुम्लु गाउँ कमिटीले पैसा नभएर गाउँ जान नसक्नेका लागि बसको ब्यवस्था गरेर उदाहरण प्रस्तुत गरेको छ । ‘भुम्लुबाट काठमाण्डौ आइ दैनिक ज्याला मुजदुर गर्ने मानिसलाई घर जान खर्च अभाव भइरहेको थाहा पाएपछि बसको ब्यवस्था गरेका हौँ, इञ्चार्ज दोङले भने ‘यो विशुद्ध आर्थिक रुपमा पछि परेको वर्गका लागि मात्रै हो ।’

कोरोना भाइरसको संक्रमण फैलने डरले विभिन्न पेसा, ब्यवसाय गर्दै आएको मानिसहरु धमाधम राजधानी छाडिरहेका छन् । तर खर्च नभएकाहरु भने गाउँ जान नसकेर अलपत्र परिरहेका छन् ।

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  १२ : ५७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि