२०८३, ९ कार्तिक सोमबार

प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्ने


काठमाडौं, ७ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग विहान छलफल गरेका प्रधानमन्त्रीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न लागेका हुन् ।

प्रधानमन्त्रीले आजै साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले अनलाइनखबरलाई जानकारी दिए । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछन् ।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीको भर्खरै मिर्गौला पुनः प्रत्यारापण गरेका कारण संक्रमणबाट जोगाउन जनतालाई सम्बोधन गर्ने बेला भिडभाड हुन नदिन राज्य नियन्त्रित सन्चारमाध्यमलाई मात्र प्रवेश दिइने स्रोतले जनाएको छ ।

तीनै च्यानलबाट निजी क्षेत्रका सञ्चारमाध्यमले पनि प्रधामनन्त्रीको सम्बोधन प्रसारण गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २०७६, ७ चैत्र शुक्रबार  २ : ३२ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर