२०८२, २ माघ शुक्रबार

पनौतीमा गोली चल्यो, तीन प्रहरी र चार प्रदशर्नकारी गाईते, दुई जनाको अवस्था गम्भीर

पनौतीमा गोली चल्यो, तीन प्रहरी र चार प्रदशर्नकारी गाईते, दुई जनाको अवस्था गम्भीर


पनौती ३ चैत  : काभ्रेको पनौतीमा प्रहरीको गोली लागेर सात जना गाईते भएका छन् । टिफरको ठक्करबाट पौदलयात्री आमा छोरीको मृत्यु भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

गोली लागेर गाईते हुनेहरुमा ३५ वर्षिय प्रहरी हवलदार दिलिप बुडाथोकी, पनैती वडा ७ का १९ वर्षिय जीवराज तामाङ, ४० वर्षिय हर्कबहादुर घ्यावा, प्रहरी जवन मीनबहादुर थापा,पनैती वडा नं ७ का २० वर्षिय सरद तामाङ, बनेपा ५ का २५ वर्षिय प्रहरी जवान ललित थापामगर र ४० वर्षिय विरेन्द्र शाह रहेको शीर मेमोरियल अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सरद तामाङ र जीवराज तामाङको अवस्था गम्भीर रहेको छ ।

पनौतीबाट खोपासीतर्फ जादै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ की २६ बर्षीय जुनिमाया गोले र ३ बर्षीया छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । सबै घाइतेहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।

पनौतीमा मृतकका आफ्नतले बाटो अवरोध गरी ढुङ्गा मुडा गरेका थिए । प्रहरीले भीडलाई नियन्त्रन्मा लिन १५ राउन्ड हवाइ फाएर, गोली र १७ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफ्नतले पनौतिमा रहेको प्रहरी बिटमा क्षति पुर्याएको छ

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  १० : ५० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा