धुलिखेल, ३ चैत : काभ्रेको मण्डनदेपुर नगरपालिकाका ६ वटा वडाका ५ हजार ५ सय ५ घरधुरीलाई इन्द्रावतीको पानी खुवाइने भएको छ । सुख्खाग्रस्त क्षेत्रको लागि वृहत्तर खानेपानी योजना अन्तर्गत आयोजना निर्माण हुन लागेको नगरपालिकाका प्रवक्ता दिल्ली प्रसाद आचार्यले जानकारी दिए ।
आयोजना निर्माण भएपछि ७, ८, ९, १०, ११ र १२ नम्बर वडा पुरै, ४ र ६ नम्बर वडाको तल्ला भागका स्थानीयलाई खानेपानीको सुविधा पुग्नेछ । आयोजनाले ५ हजार ५ सय ५ घरधुरीमा खानेपानी प्रवक्ता आचार्यले बताए । आयोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत लगभग अन्तिम चरणमा पुगेको छ ।
बहुवर्षीय योजना अन्तर्गत संघीय सरकारले चालु आर्थिक वर्षका लागि मात्रै १० करोड विनियोजन भएको प्रवक्ता आचार्यले जनाए । इन्द्रावती नदीको पानी लिफ्ट गरेर चण्डेनीको डाँडामा मुख्य ट्याङ निर्माण गरिनेछ । ‘यो आयोजना संघ सरकार हो, हाम्रो काम भनेको स्थानीय तहमा समन्वय गरिदिने मात्रै हो, प्रवक्ता आचार्यले भने डिपिआर लगभग अन्तिम चरणमा पुगिसकेको छ, आयोजना निर्माण भएपछि ५५ सय भन्दा बढी स्थानीयको घरमा पानी रहितको धारा पुग्नेछ ।’
ठूला र दीर्घकालिन आयोजना सञ्चालन नहुदाँ मण्डनदेउपुरको त्यस भेगका स्थानीय चरम खानेपानीको समस्या झेलिरहेका छन् । ‘ठेक्का लगाउने देखि काम सकाउने जिम्मा संघ सरकारकै हो, यो आयोजनालाई कुनै ढिलासुस्ती बिनानै छिटोभन्दा छिटो सकाउने गरी काम गर्न हामीले पहल गरिरहेका छौँ ।’








प्रतिक्रिया