२०८२, १४ श्रावण बुधबार

आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?


काठमाण्डौ, ३० फागुनः शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले बताएको छ ।

शुक्रबार राति पनि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँ र पूर्वका केही ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गको भनाइ छ । पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने माहाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ८ : ०० बजे

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

काठमाडौं । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदैछ

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी

पहाडी भू–भागका धेरै स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै