२०८३, ३१ श्रावण सोमबार

बालविवाह रोक्न कार्डमै जन्ममिति

बालविवाह रोक्न कार्डमै जन्ममिति


उदयपुर, २९ फागुन : उमेर नपुगी बिहे गर्दा कानुन लाग्छ। उमेर पुगेको प्रमाण थाहा पाउने कसरी ? त्रियुगा नगरपालिकामा अभियान चलाइएको छ– निमन्त्रणा कार्डमै उमेर खुलाउने। त्रियुगा–१२ त्रिवेणी टोलकी २५ वर्षीया साजना चौधरीको विवाहको कार्ड उमेर खुलाएर छापिएको छ। उनको विवाह त्रिनपा–१३ वहेडवाका २५ वर्षीय मनोज चौधरीसँग हुँदै छ।

त्यस्तै, त्रिनपा–४ वगाहाकी सिर्जना कार्की र प्रकाश बस्नेतका अभिभावकले पनि जन्ममिति खुलाएर कार्ड छापे। दुवैको जन्ममिति कार्डको माथिल्लो भागमा छापिएको छ। गाईघाटका अफसेट प्रेसमा छाप्न ल्याइएका विवाह कार्डमा उमेर खुलाइएको छ। जन्मदर्ताअनुसार मिति मिले–नमिलेको हेरेर मात्र कार्ड छापिने गरेको लक्ष्मी अफसेट प्रेसका सञ्चालक सुनील महतोले जानकारी दिए।

जन्मदर्ताबिना छाप्न आएकालाई फर्काउने गरेको उनले बताए। उनले भने, ‘धेरैजसो जन्मदर्ताबेगर आउँछन्, लिएर आए मात्रै छाप्छौं भनेपछि कोही नछापीकनै फर्कने गरेका छन्।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ७ : २८ बजे

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, यी छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।

चालिसेमा पहिरो खसेपछि बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा सडक माथिबाट पहिरो खसेपछि पृथ्वी

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक