२०८३, २४ भाद्र बिहीबार

काभ्रेमा नियम उल्लंघन गर्न ६४ वटा मोटरसाइकल कारबाहीमा

काभ्रेमा नियम उल्लंघन गर्न ६४ वटा मोटरसाइकल कारबाहीमा


धुलिखेल, २६ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले नियम उल्लंघन गर्ने ६४ वटा मोटरसाइकललाई कारबाही गरेको छ । ट्राफिक प्रहरी प्रमुख बिशाल तामाङका अनुसार जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डे, मण्डनदेउपुर, दोलालघाट जस्ता मुख्य–मुख्य बजार क्षेत्रमा मोटरसाइकललाई कारबाही गरिएको थियो ।

६४ वटा कारबाहीबाट ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने, बढी यात्रु बोक्ने र तीब्र गतिमा चलाउने मोटरसाइकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख तामाङले बताए । ‘हामीले दुई पाङ्ग्रे सवारी साधनलाई मात्रै लक्षित गरेर कारबाही अभियान चलाएका थियौ, उनले भने अरनिको र बीपीमा गरिएको कारबाहीबाट एकै दिन ५५ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।’

काभ्रेमा यो वर्षको होली निकै सुनसान रह्यो । जिल्ला प्रहरी कार्यालयले धुलिखेलले धेरै जमघट हुने, इच्छा विपरित रंग दल्ने, लोला हाल्ने र पानी छ्याप्ने सम्भावित क्षेत्रमा दिनभर गस्ती गरेको थियो । संवेदशील मानिएका मुख्य–मुख्य बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको काभ्रेका प्रहरी प्रमुख रवि कुमार पौडेलले बताए । यो वर्ष होलीको दिन कुनै पनि अप्रिय घटना नभएको प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ६ : १८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको