२०८२, २ माघ शुक्रबार

काभ्रेमा नियम उल्लंघन गर्न ६४ वटा मोटरसाइकल कारबाहीमा

काभ्रेमा नियम उल्लंघन गर्न ६४ वटा मोटरसाइकल कारबाहीमा


धुलिखेल, २६ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले नियम उल्लंघन गर्ने ६४ वटा मोटरसाइकललाई कारबाही गरेको छ । ट्राफिक प्रहरी प्रमुख बिशाल तामाङका अनुसार जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल, भकुण्डे, मण्डनदेउपुर, दोलालघाट जस्ता मुख्य–मुख्य बजार क्षेत्रमा मोटरसाइकललाई कारबाही गरिएको थियो ।

६४ वटा कारबाहीबाट ५५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने, हेल्मेट नलगाउने, बढी यात्रु बोक्ने र तीब्र गतिमा चलाउने मोटरसाइकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख तामाङले बताए । ‘हामीले दुई पाङ्ग्रे सवारी साधनलाई मात्रै लक्षित गरेर कारबाही अभियान चलाएका थियौ, उनले भने अरनिको र बीपीमा गरिएको कारबाहीबाट एकै दिन ५५ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।’

काभ्रेमा यो वर्षको होली निकै सुनसान रह्यो । जिल्ला प्रहरी कार्यालयले धुलिखेलले धेरै जमघट हुने, इच्छा विपरित रंग दल्ने, लोला हाल्ने र पानी छ्याप्ने सम्भावित क्षेत्रमा दिनभर गस्ती गरेको थियो । संवेदशील मानिएका मुख्य–मुख्य बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको काभ्रेका प्रहरी प्रमुख रवि कुमार पौडेलले बताए । यो वर्ष होलीको दिन कुनै पनि अप्रिय घटना नभएको प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ६ : १८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा