२०८३, १८ बैशाख शनिबार

अर्यालद्वारा पदभार ग्रहण, सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउने प्रतिबद्धता

अर्यालद्वारा पदभार ग्रहण, सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गराउने प्रतिबद्धता


काठमाडौं, २३ फागुन: न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्यालले सरकारले तोकेको श्रमजीवी पत्रकारको पारिश्रमिक कार्यान्वयन गराउन पहल गरिने बताएका छन् ।

उनले आज ९शुक्रबार० सञ्चारग्राम, तिलगंगास्थित कार्यालयमा पदभार ग्रहण गर्दै सरकार, नेपाल पत्रकार महासङ्‌घ, सञ्चारमाध्यम र पत्रकारसँगको समन्वयमा सरकारले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराइने बताए।

उनले अहिलेको महँगीले पनि पत्रकारको नयाँ तलबमान पुनरावलोकन आवश्यक रहेको धारणा राखे। समिति गठन भएको करिब १५ वर्ष पुग्दा पनि पत्रकारको पेसागत र भौतिक अवस्था सुनिश्चित नभएको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले पनि न्यूनतम पारिश्रमिक लागू गरेर मर्यादित पत्रकारिता बनाउन सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक लेखनाथ शर्माले पत्रकारको पेसागत सुरक्षा गर्न सरकार सधैँ तयार रहेको बताए। उनले अन्य देशमा रहेको पत्रकारको तलब जति नै नेपालमा गराउनुपर्ने धारणा पनि राखे ।

पत्रकार महासङ्‌घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेसागत र भौतिक सुरक्षाका लागि महासङ्‌घ लागिपरेको छ भन्दै सरकारले नयाँ तोकेको तलबमान लागू गराउनुपर्ने बताए। उनले श्रमजीवी पत्रकार ऐन संशोधन गरेर समितिलाई अनुगमन र कारवाहीको अधिकार प्रत्याभूत गराउनुपर्नेमा जोड दिए ।

नवनियुक्त अध्यक्ष अर्याललाई समितिका सदस्य केपी गौतमले स्वागत गर्दै सरकारले तोकेको पारिश्रमिक लागू गराउनुपर्ने बताए। उक्त अवसरमा नेपाल टेलिभिजनका सञ्चालक समिति सदस्य टङ्‌क पन्त, पत्रकार महासङ्‌घका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टले पनि उनलाई बधाई दिएका थिए ।

विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील अर्याल तत्कालीन प्रेस चौतारी नेपालका अध्यक्ष हुन् । यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

रासस

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ६ : ०७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा