२०८२, १९ मंसिर शुक्रबार

रेडक्रस काभ्रे शाखालाई चुनाव गर्न अनुमति, निर्वाचन अधिकृत ताल्चाभडेलले चुनाव गराउन मानेनन्

रेडक्रस काभ्रे शाखालाई चुनाव गर्न अनुमति, निर्वाचन अधिकृत ताल्चाभडेलले चुनाव गराउन मानेनन्


धुलिखेल, २३ फागुनः नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको निर्वाचन गर्न बाटो खुल्ला भएको छ । यसअघि माघ २५ गते तय गरिएको शाखाको निर्वाचन स्थागित भएको थियो । शाखामा भ्रष्टाचार भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको भन्दै जिल्ला प्रशासन कार्यालय धुलिखेलले तत्काललाई निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।

तर बिहीबार पुनः प्रशासन कार्यालयले निर्वाचन प्रक्रिया अघि बढाउन पत्र काटेको हो । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई (खतिवडा) ले गत माघ २४ गते काटेको पत्रको स्मरण गराउँदैँ निर्वाचन प्रक्रिया अघि बढाउन पत्र मार्फत भनेकी छन् ।

प्रशासनको पत्र आएपछि पनि निर्वाचन प्रक्रिया भने अन्योलमा परेको छ । निर्वाचन अधिकृतले निर्वाचन प्रक्रिया अघि बढाउन नमानेको स्रोतले बताएको छ । काँग्रेस निकटका निर्वाचन अधिकृत राजेन्द्रमान ताल्चाभडेलले निर्वाचन प्रक्रिया अघि बढाउन नमानेका हुन् । ‘ताल्चाभडेले आफु यो विषयमा केहि नबोल्ने र जे लेखे पनि केहि फरक नपर्ने टेलिफोन सम्पर्कमा प्रतिक्रिया दिए ।’ ताल्चाभडेललाई निर्वाचन अधिकृतका रुपमा रेडक्रसको केन्द्रले तोकेर पठाएको हो । तर काँग्रेस निकटका पदाधिकारी हार्ने छाट देखिएपछि उनले चुनाव गराउन नसक्ने बहाना बनाएको बताइएको छ ।

रेडक्रसको चुनावमा कम्युनिष्ट र काँग्रेस प्यानल बनाएर होमिएका छन् । कम्युनिष्ट तर्फका वर्तमान सभापति रघुबर चौ प्रधानकै नेतृत्वमा १७ जना उम्मेवार घोषणा गरेर चुनानवी मैदानमा होमिएको छ ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका पदाधिकारीहरुले खाएको तलबमा १ प्रतिशत मात्र कर तिरेर राजस्व छली गरेकोले छानबिन गरी तत्काल कर असुली गर्न र दोहोरो तलब भत्ता खाएर भ्रष्टाचार गरेकाले अनुसन्धान गरी कारबाही गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १३ पुसमा उजुरी दर्ता भएको थियो ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ८ : २६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको