२०८३, १८ बैशाख शनिबार

काभ्रेको चौरीदेउराली अध्यक्षकप फुटबलको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेलाई

काभ्रेको चौरीदेउराली अध्यक्षकप फुटबलको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेलाई


धुलिखेल, २० फागुनः काभ्रेको चौरीदेउराली गाउँपालिकामा भएको अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीताको उपाधी वडा नम्बर २ नाग्रेगगर्चेले जितेको छ । वडा नम्बर ५ जागृति माध्यमिक विद्यालयको प्राङ्गणमा मंगलबार सकिएको फाईनल खेलमा वडा नम्बर ३ माझीफेदालाई ४–० गोलले हराउदै वडा नम्बर २ ले उपाधि जितेको हो ।

प्रतियोगीतामा पहिलो हुदै वडा नम्बर २ नाग्रेगगर्चेले ५० हजार नगद, ट्रफि, प्रमाण पत्र र मेडल पाएको छ । दोस्रो भएको वडा नम्बर ३ माझीफेदाले २५ हजार र तेस्रो भएको वडा नम्बर ७ मादनकुडारीले १० हजार नगद पुरस्कार पाएको छ ।

अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगीताको समापन कार्यक्रममा बाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,प्रदेश सभा सांसद रत्न ढकाल,जिल्ला खेलकुद बिकास परिषद् काभ्रेका अध्यक्ष मान बिर लामा,गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतम लगायत सहभागी भएका थिए ।

यसैबिच,पालिकामा मंगलबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । बिभिन्न बिधाका खेलहरुमा नौ वटै वडाका विद्यालयहरु सहभागी हुने गाउँपालिकाका प्रवक्ता बिनोद घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ७ : ३७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा