२०८३, २० आश्विन बुधबार

धुलिखेल–८ मा सरकारी अनुदानमा घर बनाइसक्नेलाई प्रमाणत्र वितरण सुरु

धुलिखेल–८ मा सरकारी अनुदानमा घर बनाइसक्नेलाई प्रमाणत्र वितरण सुरु


धुलिखेल, १८ फागुनः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ मा भुकम्पपछि सरकारी अनुदानमा घर बनाइसक्ने लाभग्राहिलाई प्रमाणपत्र वितरण सुरु गरिएको छ । वडाध्यक्ष निरञ्जन जंगमका अनुसार आइतबारबाट प्रमाणपत्र वितरण सुरु भएको हो ।

वडा नम्बर ८ मा ४ सय ४७ जना भुकम्पप्रभावितले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन् । ७ सय ७५ लाभग्राहि छनौट भएका मध्ये ७ सय ३७ जनासँग घर निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्झौता गरेको थियो ।

वडाध्यक्ष जंगमका अनुसार ५ सय ५१ जनाले दोस्रो किस्ता बापतको रकम बुझिलिइसकेका छन् । घर बनाइसकेका लाभग्राहिले वडा कार्यालयबाट प्रमाणपत्र लिनसक्ने वडाध्यक्ष जंगमले बताए । ‘यो एउटा सरकारी प्रमाणपत्र हो, सबैले लिएर राख्दा राम्रो हुन्छ, उनले भने ‘वडा कार्यालयबाटै यो प्रमाणपत्र उपलब्ध गराउने गरी ब्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ४ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको