२०८२, १ माघ बिहीबार

धुलिखेल–८ मा सरकारी अनुदानमा घर बनाइसक्नेलाई प्रमाणत्र वितरण सुरु

धुलिखेल–८ मा सरकारी अनुदानमा घर बनाइसक्नेलाई प्रमाणत्र वितरण सुरु


धुलिखेल, १८ फागुनः धुलिखेल नगरपालिकाको वडा नम्बर ८ मा भुकम्पपछि सरकारी अनुदानमा घर बनाइसक्ने लाभग्राहिलाई प्रमाणपत्र वितरण सुरु गरिएको छ । वडाध्यक्ष निरञ्जन जंगमका अनुसार आइतबारबाट प्रमाणपत्र वितरण सुरु भएको हो ।

वडा नम्बर ८ मा ४ सय ४७ जना भुकम्पप्रभावितले तेस्रो किस्ता बापतको रकम लिइसकेका छन् । ७ सय ७५ लाभग्राहि छनौट भएका मध्ये ७ सय ३७ जनासँग घर निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्झौता गरेको थियो ।

वडाध्यक्ष जंगमका अनुसार ५ सय ५१ जनाले दोस्रो किस्ता बापतको रकम बुझिलिइसकेका छन् । घर बनाइसकेका लाभग्राहिले वडा कार्यालयबाट प्रमाणपत्र लिनसक्ने वडाध्यक्ष जंगमले बताए । ‘यो एउटा सरकारी प्रमाणपत्र हो, सबैले लिएर राख्दा राम्रो हुन्छ, उनले भने ‘वडा कार्यालयबाटै यो प्रमाणपत्र उपलब्ध गराउने गरी ब्यवस्था मिलाइएको छ ।’

प्रकाशित मिति : २०७६, १८ फाल्गुन आईतबार  ४ : २४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा