२०८३, १९ बैशाख आईतबार

काभ्रे माविमा गायन प्रतियोगिता, माउण्ट भ्यू प्रथम

काभ्रे माविमा गायन प्रतियोगिता, माउण्ट भ्यू प्रथम


धुलिखेल १७ फागुन :  काभ्रे माविको आयोजनामा भएको जिल्ला स्तरीय ‘एकल गायन प्रतियोगिता’ सम्पन्न भएको छ । ।
एकल गायन प्रतियोगितामा माउण्ट भ्यू अंगे्रजी मावि धुलिखेलकी विद्यार्थी बविता तामाङ प्रथम, काभ्रे मावि बुडोलकी सविना निरौला द्धितिय र सामुदायिक बोर्डिङ स्कुल पनौतीका स्वरुप परियारले तृतिय स्थान हासिल गरेका छन् ।

विजयी बिद्यार्थीहरुलाई काभ्रे माविका प्रिन्सिपल कुमार मानन्धर, सहायक प्रिन्सिपलद्धय केशव श्रेष्ठ र विकास श्रेष्ठले प्रमाण पत्र तथा ट्रफी वितरण गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार रमेश पाठक र विक्रम सुवालले निर्णायकको भुमिका निर्वाह गरेका थिए । शिक्षक तथा कार्यक्रम संयोजक उद्धव लुईटेलका अनुसार प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयबाट २० जना विद्याथीहरुले सहभागी भएका थिए ।

नेपाली लोक कला र संस्कृतिलाई जगेर्ना गर्न विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहेकाले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिदै आएको प्रिन्सिपल कुमार मानन्धरले बताए ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ९ : १३ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा