२०८२, १९ मंसिर शुक्रबार

काभ्रे माविमा गायन प्रतियोगिता, माउण्ट भ्यू प्रथम

काभ्रे माविमा गायन प्रतियोगिता, माउण्ट भ्यू प्रथम


धुलिखेल १७ फागुन :  काभ्रे माविको आयोजनामा भएको जिल्ला स्तरीय ‘एकल गायन प्रतियोगिता’ सम्पन्न भएको छ । ।
एकल गायन प्रतियोगितामा माउण्ट भ्यू अंगे्रजी मावि धुलिखेलकी विद्यार्थी बविता तामाङ प्रथम, काभ्रे मावि बुडोलकी सविना निरौला द्धितिय र सामुदायिक बोर्डिङ स्कुल पनौतीका स्वरुप परियारले तृतिय स्थान हासिल गरेका छन् ।

विजयी बिद्यार्थीहरुलाई काभ्रे माविका प्रिन्सिपल कुमार मानन्धर, सहायक प्रिन्सिपलद्धय केशव श्रेष्ठ र विकास श्रेष्ठले प्रमाण पत्र तथा ट्रफी वितरण गरिएको थियो । कार्यक्रममा गायक तथा संगीतकार रमेश पाठक र विक्रम सुवालले निर्णायकको भुमिका निर्वाह गरेका थिए । शिक्षक तथा कार्यक्रम संयोजक उद्धव लुईटेलका अनुसार प्रतियोगितामा जिल्लाका १२ वटा विद्यालयबाट २० जना विद्याथीहरुले सहभागी भएका थिए ।

नेपाली लोक कला र संस्कृतिलाई जगेर्ना गर्न विद्यार्थीहरुको महत्वपूर्ण भुमिका रहेकाले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरिदै आएको प्रिन्सिपल कुमार मानन्धरले बताए ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ९ : १३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको