२०८३, १ असार मंगलबार

जब पाँचखाल नगरपालिकाका प्रमुख र उप–प्रमुख नै झाडु लिएर फोहोर संकलन गर्न पुगे (फोटोमा)

जब पाँचखाल नगरपालिकाका प्रमुख र उप–प्रमुख नै झाडु लिएर फोहोर संकलन गर्न पुगे (फोटोमा)


धुलिखेल, १६ फागुनः कतिपय कार्यक्रमहरु त्यस्ता हुन्छन् । जहाँ औपचारिकता मात्रै पुरा गरिन्छ । नगरप्रमुख, उपप्रमुखलाई अतिथि मात्रै बनाइन्छ । तर शुक्रबार पाँचखाल नगरपालिका वडा नं १२ आँपघारीको दृश्य चाँहि अलिक फरक थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख अतिथि बनेन् । आफै हातमा झाडु बोकेर फोहोर संकलनमा जुटि ।

नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवार आफै सरसफाई अभियानमा सक्रिय सहभागि भएपछि युवा देखि बृद्धबृद्धासम्म हौसिए । ‘जे काम गर्ने हो, त्यो मन भित्रैबाट गर्नुपर्छ, नगर प्रमुख खरेलले भने ‘हामी अहिले जुन स्थानमा छौँ, यो तपाईहरुकै देन हो, हरेक काम जनतासँगै मिलेरै गरेका छौ ।’

‘युवा अघि सर्छ, समाज अघि बढ्छ’ भन्ने मुल सन्देश बोकेर स्थानीय समाज सुधार युवा क्लवले नगरपालिकासँग सहकार्य गरेर सरसफाई अभियान थालेको हो । अभियानको शुभारम्भ वडा नं १२ को आँपघारीबाट गरिएको छ ।

सरसफाई अभियान नगरको हरेक वडासम्म सञ्चालन गरिने उपप्रमूख दनुवारले बताएन । ‘सरसफाई अभियान हरेक वडामा सञ्चालन गरिनेछ, उनले भनिन्, ‘वातावरणसँग जोडिएको सरसफाई कार्यमा सबैको साथ र सहयोग अपरिहार्य छ ।’

संकलन भएका फोहोर नगरपालिकाको गाडी मार्फत डम्पिङ साइटमा पुर्याउने ब्यवस्था मिलाइएको छ । नगरपालिकाको यो अभियानमा सशस्त्र प्रहरीले पनि साथ दिएको छ । फोहोर ब्यवस्थापनमा पाँचखाल नगरपालिकाले जसरी अहिले समुदाय परिचान गरिरहेको छ । त्यसलाई निरन्तरता नदिने हो भने नगरपालिकाको जस्तै बन्ने छ । त्यसैले मानिसको स्वास्थ्य र वातावणसँग जोडिएको फोहोर ब्यवस्थापनलाई नगरपालिकाले विशेष महत्व दिनै पर्छ ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ७ : २५ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई