२०८२, २५ कार्तिक मंगलबार

जब पाँचखाल नगरपालिकाका प्रमुख र उप–प्रमुख नै झाडु लिएर फोहोर संकलन गर्न पुगे (फोटोमा)

जब पाँचखाल नगरपालिकाका प्रमुख र उप–प्रमुख नै झाडु लिएर फोहोर संकलन गर्न पुगे (फोटोमा)


धुलिखेल, १६ फागुनः कतिपय कार्यक्रमहरु त्यस्ता हुन्छन् । जहाँ औपचारिकता मात्रै पुरा गरिन्छ । नगरप्रमुख, उपप्रमुखलाई अतिथि मात्रै बनाइन्छ । तर शुक्रबार पाँचखाल नगरपालिका वडा नं १२ आँपघारीको दृश्य चाँहि अलिक फरक थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख अतिथि बनेन् । आफै हातमा झाडु बोकेर फोहोर संकलनमा जुटि ।

नगर प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवार आफै सरसफाई अभियानमा सक्रिय सहभागि भएपछि युवा देखि बृद्धबृद्धासम्म हौसिए । ‘जे काम गर्ने हो, त्यो मन भित्रैबाट गर्नुपर्छ, नगर प्रमुख खरेलले भने ‘हामी अहिले जुन स्थानमा छौँ, यो तपाईहरुकै देन हो, हरेक काम जनतासँगै मिलेरै गरेका छौ ।’

‘युवा अघि सर्छ, समाज अघि बढ्छ’ भन्ने मुल सन्देश बोकेर स्थानीय समाज सुधार युवा क्लवले नगरपालिकासँग सहकार्य गरेर सरसफाई अभियान थालेको हो । अभियानको शुभारम्भ वडा नं १२ को आँपघारीबाट गरिएको छ ।

सरसफाई अभियान नगरको हरेक वडासम्म सञ्चालन गरिने उपप्रमूख दनुवारले बताएन । ‘सरसफाई अभियान हरेक वडामा सञ्चालन गरिनेछ, उनले भनिन्, ‘वातावरणसँग जोडिएको सरसफाई कार्यमा सबैको साथ र सहयोग अपरिहार्य छ ।’

संकलन भएका फोहोर नगरपालिकाको गाडी मार्फत डम्पिङ साइटमा पुर्याउने ब्यवस्था मिलाइएको छ । नगरपालिकाको यो अभियानमा सशस्त्र प्रहरीले पनि साथ दिएको छ । फोहोर ब्यवस्थापनमा पाँचखाल नगरपालिकाले जसरी अहिले समुदाय परिचान गरिरहेको छ । त्यसलाई निरन्तरता नदिने हो भने नगरपालिकाको जस्तै बन्ने छ । त्यसैले मानिसको स्वास्थ्य र वातावणसँग जोडिएको फोहोर ब्यवस्थापनलाई नगरपालिकाले विशेष महत्व दिनै पर्छ ।

प्रकाशित मिति : २०७६, १६ फाल्गुन शुक्रबार  ७ : २५ बजे

प्रतिगामी षडयन्त्रविरुद्ध एमालेद्वारा देशभर जनप्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले संविधान र लोकतन्त्रको रक्षाका लागि

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं। आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ

हुम्लामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना घाइते

अदानचुली (हुम्ला) । हुम्लामा विद्युत् पोल बोक्दै गरेको एक ट्याक्टर

भारत-अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौता लगभग

मुख्यमन्त्री यादवको आह्वान : तोडफोड र अराजकताविरुद्ध संयमित रहन आग्रह

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा भइरहेको