२०८३, ९ कार्तिक सोमबार

सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर, होलिकोप्टरबाट काठमाडौं ल्याइयो

सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर, होलिकोप्टरबाट काठमाडौं ल्याइयो


धुलिखेल १५ फागुन : नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव तथा पूर्वउपप्रधानमन्त्री चन्द्र प्रकाश (सीपी) मैनाली चढेको गाडी महोत्तरी र सिन्धुलीको सीमा नजिक बर्दीबासमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । परिवार श्रोतका अनुसार महासचिव मैनाली होसमा रहेको भए पनि उनको टाउको र गोडामा गम्भीर चोट लागेको छ । बर्दीबासमा उपचार हुन नसकेपछि मैनालीको थप उपचारको लागि नेपाल आर्मीको हेलिकोप्टरबाट भरखरै काठमाडौं ल्याइएको छ । मैनालीको उपचार ग्रान्डी हस्पिटल सामाखुसीमा गरिने नेकपा (माले) पार्टी कार्यालय श्रोतले जनाएको छ ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतर्फ आउँदै गरेका थिए । बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको थियो । गाडीको अगाडि सिटमा रहेका मैनालीको दायाँ गोडा दुई ठाउँमा भाँचिएको छ । चालक रामप्रसाद पौडेलको टाउकोमा चोट लागेको छ । पछाडी सिटमा रहेकी बुहारी पूजा ढुंगाना मैलानीको दुईवटै गोडा भाँच्चिएको परिवारले बताएको छ । दुर्घटनामा परेका सबैको काठमाडौमा उपचार थालिएको छ ।

महासचिव मैनाली कान्छो भाइ मीनप्रकाश मैनालीको छोरीको विवाहमा सरिक भई फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, ५ बर्षीय नाति एन मैनाली पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ४ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना