२०८३, १९ बैशाख आईतबार

सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर, होलिकोप्टरबाट काठमाडौं ल्याइयो

सीपी मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर, होलिकोप्टरबाट काठमाडौं ल्याइयो


धुलिखेल १५ फागुन : नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव तथा पूर्वउपप्रधानमन्त्री चन्द्र प्रकाश (सीपी) मैनाली चढेको गाडी महोत्तरी र सिन्धुलीको सीमा नजिक बर्दीबासमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । परिवार श्रोतका अनुसार महासचिव मैनाली होसमा रहेको भए पनि उनको टाउको र गोडामा गम्भीर चोट लागेको छ । बर्दीबासमा उपचार हुन नसकेपछि मैनालीको थप उपचारको लागि नेपाल आर्मीको हेलिकोप्टरबाट भरखरै काठमाडौं ल्याइएको छ । मैनालीको उपचार ग्रान्डी हस्पिटल सामाखुसीमा गरिने नेकपा (माले) पार्टी कार्यालय श्रोतले जनाएको छ ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतर्फ आउँदै गरेका थिए । बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको थियो । गाडीको अगाडि सिटमा रहेका मैनालीको दायाँ गोडा दुई ठाउँमा भाँचिएको छ । चालक रामप्रसाद पौडेलको टाउकोमा चोट लागेको छ । पछाडी सिटमा रहेकी बुहारी पूजा ढुंगाना मैलानीको दुईवटै गोडा भाँच्चिएको परिवारले बताएको छ । दुर्घटनामा परेका सबैको काठमाडौमा उपचार थालिएको छ ।

महासचिव मैनाली कान्छो भाइ मीनप्रकाश मैनालीको छोरीको विवाहमा सरिक भई फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, ५ बर्षीय नाति एन मैनाली पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ४ : ४२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा