२०८२, १४ श्रावण बुधबार

घरमा सधैँ लक्ष्मीको बास चाहानुहुन्छ ? राख्नुस् यस्ता मूर्ति र प्रतिमा

घरमा सधैँ लक्ष्मीको बास चाहानुहुन्छ ? राख्नुस् यस्ता मूर्ति र प्रतिमा


लक्ष्मीलाई धन तथा सुखकी देवीको रुपमा पूजिन्छ । हरेक व्यक्ति आफ्नो घरमा लक्ष्मीको वास होस् भन्ने चाहन्छन्। अधिकांश मानिसले कुनै न कुनै रुपमा लक्ष्मीलाई आफ्नो घरको पूजा कोठामा स्थापित गरेका पनि हुन्छन् । तस्विर होस् या मूर्ति, लक्ष्मीको रुप हरेक घरमा देखिन्छ ।

सायदै मानिसलाई मात्र थाहा होला, लक्ष्मीको कुन चाहिँ प्रतिमा आफ्नो लागि शुभ हुन्छ भनेर । लक्ष्मीको यस्ता मूर्तिले तपाईंको घरमा सुख, समृद्धि ल्याउन सक्छ । यदि तपाईंसँग लक्ष्मीको मूर्ति छैन भने शुक्रबारको दिन तपाईंले लक्ष्मीको मूर्ति स्थापना गर्न सक्नु हुनेछ ।

शास्त्रअनुसार धन सम्बन्धी आवश्यकताको पूर्ति गर्ने हो भने महालक्ष्मीलाई प्रसन्न पार्न आवश्यक हुन्छ । महादेवीलाई प्रसन्न पार्न प्रत्येक दिन यस किसिमले विधिवत रुपमा पूजा गर्नु पर्ने हुन्छ । यसका साथै जुन घरमा सुन तथा चाँदीले बनेको महालक्ष्मीको मूर्ति राखिन्छ त्यस घरमा कहिल्यै पनि गरिबीको बास नहुने धार्मिक विश्वास रहिआएको छ ।

पैसासँग जोडिएको समस्यालाई हटाउनका लागि महालक्ष्मीका साथै भगवान विष्णुको पूजा गर्नु उपयुक्त हुन्छ । देवी लक्ष्मी भगवान विष्णुकी पत्नी हुन् । त्यसैले विष्णुको पूजा गर्ने भक्तप्रति धनकी देवी लक्ष्मीको विशेष कृपा रहने विश्वास गरिन्छ ।

किन महत्वपूर्ण छ सुन र चाँदीको मूर्ति ?
जुन घरमा सुन वा चाँदीबाट बनेको महालक्ष्मीको मूर्ति हुन्छ त्यहाँ देवी लक्ष्मीको कृपा सदैव हुन्छ । साथै, हेरक दिन सुन वा चाँदीको उक्त मूर्तिलाई पूजा गरिनु पर्ने छ । सुन वा चाँदीबाट बनेको मूर्तिको पूजा गर्ने श्रद्धालु भक्तले कहिल्यै पनि दरिद्रताको सामना गर्न नपर्ने धार्मिक विश्वास छ ।

सुन वा चाँदीको मूर्ति ल्याउन नसके ?
सुन वा चाँदीको मूर्ति ल्याउन नसकेको खण्डमा पितलको मूर्ति भए पनि घरमा ल्याउन सक्नु हुनेछ । मूर्तिका लागि पितललाई पनि शुभ मानिन्छ । धेरैजसो मन्दिरमा पितलकै मूर्ति स्थापना गरिएका हुन्छन् । तपाईंले पितलको मूर्तिको पूजाआराधना गरेर पनि घरमा सुख–शान्ति ल्याउन सक्नु हुनेछ ।

यस्तो हुन आवश्यक छ लक्ष्मीको मूर्ति
– माता लक्ष्मीको मूर्ति कमलको फूलमाथि विरासित हुनु पर्नेछ ।

– मूर्तिको हातमा धनको कलश, कमलको फूल, शंख तथा एक हात आशिर्वादको मुद्रामा हुनु पर्नेछ ।

– लक्ष्मीको मूर्तिसँगै गणेशको पनि मूर्ति भएको खण्डमा अझ लाभ मिल्नेछ ।

– घरको पूजा कोठामा श्रीयन्त्रलाई पनि स्थापना गर्ने हो भने धन र सुख प्राप्त गर्न सकिने छ ।

प्रकाशित मिति : २०७६, ११ फाल्गुन आईतबार  ७ : ३० बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको