२०८३, १९ बैशाख आईतबार

धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते (भिडियो सहित)

धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते (भिडियो सहित)


धुलिखेल, १० फागुनः अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलमा टिपरसँग मोटरसाइकल ठोकिँदा दुइ जना घाइते भएका छन् । दिउँसो धुलिखेलबाट बनेपा तर्फ जादैँ गरेको बा ६८ प ११४५ नम्बर मोटरसाकइल धुलिखेल तर्फ आउँदै गरेको बा ५ खर ५६४४ नम्बर टिपरसँग ठोकिएको थियो ।

https://www.youtube.com/watch?v=PEp3hMkrsxw

शनिबार दिउँसाे धुलिखेल अरनिको शालिक नजिकै पेट्रोल पम्पमा तेल हाल्न मोडिदै गरेको टिपरसँग मोटरसाइकल ठोक्किन पुगेको थियो । दुर्घटनामा मोटरसाइकल चालक धुलिखेल नगरपालिका वडा नम्बर ९ का  ६५ बर्षीय बद्रीप्रसाद हुमागाई घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । त्यस्तै मोटरसाइकलको पछाडि बस्ने बारा घर भइ हाल धुलिखेल बस्दै आएका ५५ बर्षीय ललन कुसुवा सामान्य घाइते भएका छन् ।

मोटरसाइकलमा तीन जना सवार थिए । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  १ : ५२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा