२०८३, ३० श्रावण आईतबार

काभ्रे कारागारका ५ जनाको कैद मिनाहा

काभ्रे कारागारका ५ जनाको कैद मिनाहा


धुलिखेल ७ फागुन : प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ ।

जसमा काभ्रे कारागारमा सजाय भोगिरहेका ५ जनाको पनि कैद मिनाहा भएको छ । कैद मिनाहा हुनेमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ का सुरज थापा, नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का चेत बहादुर थापा र भूम्लु गाउँपालिका वडा नम्बर २ का दिपक महत रहेका छन् । सुरज, चेत बहादुर र दिपक तीनै जान सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का सुनिल दर्लामीमगर र जुगल गाउँपालिका वडा नम्बर १ का सविन सिलवालको कैद महिनाभएको जिल्ला कारागार धुलिखेलका प्रमुख जङ्ग बहादुर राईले जानकारी दिए । सुनिल सवारी ज्यान मुद्दा र सिलवाल ज्यान मुद्दाको कैदी सजाय भोगिरहेका थिए । कारागार धुलिखेलका प्रमुख राईका अनुसार सिफारिस गरिएको ५ जनाकै कैद मिनाहा भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागू हुने गरी ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ फाल्गुन बुधबार  ५ : ११ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन