२०८२, २ माघ शुक्रबार

काभ्रे कारागारका ५ जनाको कैद मिनाहा

काभ्रे कारागारका ५ जनाको कैद मिनाहा


धुलिखेल ७ फागुन : प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ ।

जसमा काभ्रे कारागारमा सजाय भोगिरहेका ५ जनाको पनि कैद मिनाहा भएको छ । कैद मिनाहा हुनेमा चौरीदेउराली गाउँपालिका वडा नम्बर ८ का सुरज थापा, नमोबुद्ध नगरपालिका वडा नम्बर ११ का चेत बहादुर थापा र भूम्लु गाउँपालिका वडा नम्बर २ का दिपक महत रहेका छन् । सुरज, चेत बहादुर र दिपक तीनै जान सवारी ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ६ का सुनिल दर्लामीमगर र जुगल गाउँपालिका वडा नम्बर १ का सविन सिलवालको कैद महिनाभएको जिल्ला कारागार धुलिखेलका प्रमुख जङ्ग बहादुर राईले जानकारी दिए । सुनिल सवारी ज्यान मुद्दा र सिलवाल ज्यान मुद्दाको कैदी सजाय भोगिरहेका थिए । कारागार धुलिखेलका प्रमुख राईका अनुसार सिफारिस गरिएको ५ जनाकै कैद मिनाहा भएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा आजदेखि लागू हुने गरी ३२९ जना कैदीको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७६, ७ फाल्गुन बुधबार  ५ : ११ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा