२०८३, २० आश्विन बुधबार

पनौतीका किसान जंगली जनावर बदेलको मारमा

पनौतीका किसान जंगली जनावर बदेलको मारमा


धुलिखेल, ६ फागुनः काभ्रेको पनौति नगरपालिका वडा नं १ मा स्थानीय सभा कार्यक्रम सकिएको छ । मंगलबार सामुदायिक सारथीले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष गुणनाथ सापकोटाले अघिल्लो स्थानीय सभा मार्फत उठेका जिज्ञासाहरु क्रमशः समाधान तर्फ अघि बढेको बताए । ‘नागरिकले उठाएका जिज्ञासा समाधान गर्नु जननिर्वाचित प्रतिनिधिको दायित्व हो, वडाध्यक्ष सापकोटाले भने ‘वडाले सक्ने वडाले यहाँबाट नभए नगरपालिकाले भएपनि नागरिकको समस्या समाधान गर्न हामी लागिरहेका छौँ ।’

अघिल्लो सभामा सडकमा परेको जग्गाको लगत कट्टा गर्ने विषय मुख्य रुपमा उठेको थियो । यो विषयमा नगरपालिकाले कार्यविधि नै पारित गरिसकेको छ । त्यस्तै जंगली जनावर बदेलका कारण स्थानीय किसानले खेपिरहेको समस्या र समाधानका विषयमा पनि छलफल भएको सामुदायिक सारथीका कार्यक्रम संयोजक भेषराज दनुवारले जानकारी दिए ।

सभामा सहभागिहरुले बर्थिङ सेण्टर सञ्चालन हुनुपर्ने र युवा नीति निर्माण गरेर युवाहरुलाई स्थानीय स्तरमै रोजगार दिने वातावरण सीर्जना गर्न माग गरेका छन् । नागरिक समाजले स्थानीय जनप्रतिनिधि र नागरिक बीचको सुमधुर सम्बन्ध स्थापित गर्न काम गरिरहेको र यसलाई अझ समय सापेक्ष बनाउन स्थानिय सभा संयोजक तुल प्रसाद सापकोटाले आग्रह गरे । ‘नागरिक समाजको दायित्व स्थानीय तह र नागरिकबीचको सम्बन्ध सुधार गर्नु पनि हो, संयोजक सापकोटाले भने ‘नागरिक समाजले स्थानीय सरकारको सहयोगीको रुपमा काम गर्नुपर्छ, जसले समस्या पहिचान र समाधान गर्न दुबै पक्षलाई मद्दत पुगोस् ।’

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ६ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको