२०८३, २० आश्विन बुधबार

रोशीमा मेलमीलाप कर्ताबीच अभ्यास आदानप्रदान

रोशीमा मेलमीलाप कर्ताबीच अभ्यास आदानप्रदान


धुलिखेल, ६ फागुनः काभ्रेको रोशी गाउँपलिकामा मेलमीलापकर्ताहरुलाई अभ्यास आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको अध्यक्षतामा भएको हो । कार्यक्रममा गाउँपालिकाभित्र रहेका १ देखि १२ वडामा कार्यरत मेलमिलापकर्तालाई र न्यायिक समितिका सदस्यहरुका बीचमा अनुभवको आदानप्रदान भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी वर्तौलाले न्याय सम्पादनमा देखा परेको समस्या र मेलमिलापकर्ताहरुले अबलम्बन गर्नुपर्ने कामका बारेमा बताए । कार्यक्रम प्राकृतिक श्रोत तथा द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजना तथा रोशी गाउँपालिकाको समन्वयमा भएको हो ।

कार्यक्रममा ३४ जना मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरुले सहभागीता जनाएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले कार्यक्रम प्रभावकारी भएको र यसका लागि न्यायिक समिति र मेलमिलापकर्ताबीचको आपसी सहकार्यको जरुरी भएको बताए । कार्यक्रमको सहजीकरण काभ्रेका सहजकर्ता सञ्जय न्यौपाने र गीता सिलवालले गर्नुभएको जिल्ला परियोजना संयोजक उमा थापाले बताइ ।

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ६ : २० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको