२०८३, ९ कार्तिक सोमबार

पनौतीको न्यायिक समितिद्वारा मेलमिलापकर्ताको भेला

पनौतीको न्यायिक समितिद्वारा मेलमिलापकर्ताको भेला


धुलिखेल, २९ माघः काभ्रेको पनौती नगरपालिका न्यायिक समितिले आफना नगरमा सुचिकृत मेलमिलापकर्ताको बृहत् भेला सम्पन्न गरेको छ । बुधबार नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता एवं न्यायिक समिती सयोजक तथा उपप्रमुख गिता बन्जाराको अध्यक्षतामा सम्पन्न भेलामा न्यायिक समिती सदस्य मधुकृस्न श्रेष्ठ र निला अधिकारी एवं कानुनी सल्लाहकार प्रदिप सापकोटाले मेलमिलापकर्ताहरुलाई न्यायिक समिती, मेलमिलापकर्ताको आचरण, भुमिका, काम, कर्तव्य, अधिकार, मेलमिलापकर्ता र न्यायिक समितिको सम्बन्ध लगायतका बिषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले आफ्ना व्यबहार, आचरण र कार्यशैली असल बनाउन सुझाब दिदै सामाजिक उत्तरदायित्व बोध हुनुपर्नेमा जोड दिए । उनले स्वयमसेबी रुपमा लागि परेका मेलमिलापकर्ताहरुलाइ नगरपालिकाले आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नयाँ सुचिकृत भएका १५ जना मेलमिलापकर्ताहरुलाई न्यायिक समितिका संयोजक गिता बन्जाराले सपथ ग्रहण गराएकी थिइन । भेलामा सहभागी मेलमिलापकर्ताहरूले न्यायमा नगरबासीको पहुँच पुर्याउन मद्दत गर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  ७ : १४ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर