२०८३, १९ बैशाख आईतबार

पनौतीको न्यायिक समितिद्वारा मेलमिलापकर्ताको भेला

पनौतीको न्यायिक समितिद्वारा मेलमिलापकर्ताको भेला


धुलिखेल, २९ माघः काभ्रेको पनौती नगरपालिका न्यायिक समितिले आफना नगरमा सुचिकृत मेलमिलापकर्ताको बृहत् भेला सम्पन्न गरेको छ । बुधबार नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यता एवं न्यायिक समिती सयोजक तथा उपप्रमुख गिता बन्जाराको अध्यक्षतामा सम्पन्न भेलामा न्यायिक समिती सदस्य मधुकृस्न श्रेष्ठ र निला अधिकारी एवं कानुनी सल्लाहकार प्रदिप सापकोटाले मेलमिलापकर्ताहरुलाई न्यायिक समिती, मेलमिलापकर्ताको आचरण, भुमिका, काम, कर्तव्य, अधिकार, मेलमिलापकर्ता र न्यायिक समितिको सम्बन्ध लगायतका बिषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भिम न्यौपानेले आफ्ना व्यबहार, आचरण र कार्यशैली असल बनाउन सुझाब दिदै सामाजिक उत्तरदायित्व बोध हुनुपर्नेमा जोड दिए । उनले स्वयमसेबी रुपमा लागि परेका मेलमिलापकर्ताहरुलाइ नगरपालिकाले आबश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नयाँ सुचिकृत भएका १५ जना मेलमिलापकर्ताहरुलाई न्यायिक समितिका संयोजक गिता बन्जाराले सपथ ग्रहण गराएकी थिइन । भेलामा सहभागी मेलमिलापकर्ताहरूले न्यायमा नगरबासीको पहुँच पुर्याउन मद्दत गर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  ७ : १४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा