२०८३, ३० श्रावण आईतबार

काभ्रेका निरबहादुर गोलेको चित्कारः ‘बाच्न अझै मन छ’

काभ्रेका निरबहादुर गोलेको चित्कारः ‘बाच्न अझै मन छ’


धुलिखेल,२९ माघः सादय भाग्य लेख्ने कमल हामी मध्ये कोहिसँग पनि छैन । हुँदो हो त हामी बिलौना गरेर बस्नै पर्थेन । न त गुनासो गर्नुपथ्र्यो । भाग्य भनौ या त नियतिको खेल । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिङ्गखर्क गोलेटोलका ३८ बर्षीय निरबहादुर गोलेको परिवारमा बज्रपात परेको छ ।

केएमसी अस्पतालको बेड नम्बर ३१६ मा रहेका निर बहादुर आफ्नो परिवार सम्झिन्छ । बस् भकान्छिन । तप्प आशु झार्छन् । भेट्न पुगे जति आफन्त, साथीभाई, इष्टमित्रसँग उनको एउटै मात्र बोलीहुन्छ । ‘म अझै बाच्न चाहान्छु ।’

सानो उमेरमा घरको कमजोर आर्थिक अवस्थाले सहर पसायो । निरबहादुरलाई । सहरमा लामो समयसम्म गलौचाको तानासँगै आफ्नो भाग्य र भविष्य पनि बुनिरहे । पछि उद्योगपनि आफैले चलाएर । धेरैले रोगजागरी पनि आए । तर जति बेला उनको मृगौलाले काम गर्न छोड्यो, उद्योगमा काम गर्नेले पनि साथ छोडे ।

निरबहादुरको ४ वर्षपहिले एउटा मृगौलामा समस्या आयो । अर्कोले काम गर्ला कि भन्ने भयो । तर सोचे जस्तो कहाँ साथ दियो र अर्को मृगौलाले । आश गरेको अर्को मृगौलाले पनि साथ छोड्यो । उपचारको क्रममा गाउँमा भएको जग्गा पनि सकियो । घर पनि रित्तिसक्यो । तर २० को १९ भएको छैन । अहिले हप्ताको दुई पटक डायोलासिस गर्नु पर्छ ।

कमाइ गर्ने उमेरका उनी थला परेपछि दुईवटा छोरा र श्रीमतीको विचल्नी भएको छ । यसअघि निरबहादुर गोलेको भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार हुदैँ आइरहेको थियो । अस्पतालले थप उपचारका लागि स्वास्थ्य समस्या जटिल बनेको भन्दै काठमाडौंस्थित केएमसि अस्पतालमा रिफर गरिदियो । निरबहादुर गोलेको अहिले दुवै मृगौलाले काम गर्न छोडेको छ ।

निरबहादुरका जेठा छोरा पनि लागुऔषधि कारोबार गरेको आरोपमा जेलमा छन् । एकलाख धरौटी बुझाउन नसक्दा उनी जेलमै बस्न बाध्य भएका हुन् । दुबै मृगौलाले काम गर्न छाडेपछि उनको परिवारमा रुवाबासी चलेको छ । निरबहादुर गोलेले सास रहुञ्जेल आश रहने भन्दै उपचारका लागि आर्थिक सहयोग गरिदिन समेत आग्रह गरे । निरबहादुरको मोबाईल नम्बर ९८४१४८९४६७ सम्पर्क गरेर अवस्था बुझ्न सकिनेछ ।

प्रकाशित मिति : २०७६, २९ माघ बुधबार  २ : २९ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन