२०८२, २ माघ शुक्रबार

काभ्रेमा राहदानी बनाउनेको संख्या घटेन, कुन महिनामा कति एमआरपी छापिए ?

काभ्रेमा राहदानी बनाउनेको संख्या घटेन, कुन महिनामा कति एमआरपी छापिए ?


धुलिखेल, २७ माघः जिल्ला प्रशासन कार्यालय काभ्रेमा विदेश जानका लागि राहदानी बनाउनेको संख्या बढ्दो क्रममै रहेको पाइएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्ला प्रशासन कार्यालयबाट ५ हजार ९ सयले एमआरपी बनाएका छन भने प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागबाट १ हजार ९ सय ५० जनाले एमआरपी बनाएका छन् ।

यो वर्ष सबैभन्दा बढी कात्तिक महिनामा ९ सय ६२ जनाले एमआरपी बनाएका छन् । अघिल्लो वर्ष सोहि महिनामा ६ सय १४ जनाले बनाएका थिए । सबैभन्दा कम पुस महिनामा ८ सय ४ जना जिल्ला प्रशासन कार्यालयबाट एमआरपी लिएका छन भने द्रृत माध्यम मार्फत साउन महिनामा २ सय ६५ जनाले बनाएका छन् ।

चालु आर्थिक वर्षको ७ महिना बित्तिसक्दा जिल्ला प्रशासन कार्यालय काभ्रेले एमआरपी बनाए बापत २ करोड ५९ लाख ७६ हजार रुपैयाँ राजस्व संकल गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ५८ लाख ५ सय रुपैयाँ राजस्व रकम एमआरपीबाट उठेको थियो ।

बित्तेको सात महिनामा जिल्लामा वंशजका आधारमा ५ हजार ४ सय ८३ जनाले नयाँ नागरिकता लिएका छन् । दुई जनाले वैवाहिक अंगिकृत नागरिता लिएका छन । भने ३ हजार ५ सय ९३ जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

प्रकाशित मिति : २०७६, २७ माघ सोमबार  ७ : १६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा