२०८३, २५ भाद्र शुक्रबार

काभ्रेमा राहदानी बनाउनेको संख्या घटेन, कुन महिनामा कति एमआरपी छापिए ?

काभ्रेमा राहदानी बनाउनेको संख्या घटेन, कुन महिनामा कति एमआरपी छापिए ?


धुलिखेल, २७ माघः जिल्ला प्रशासन कार्यालय काभ्रेमा विदेश जानका लागि राहदानी बनाउनेको संख्या बढ्दो क्रममै रहेको पाइएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म जिल्ला प्रशासन कार्यालयबाट ५ हजार ९ सयले एमआरपी बनाएका छन भने प्रशासन कार्यालयको सिफारिसमा राहदानी विभागबाट १ हजार ९ सय ५० जनाले एमआरपी बनाएका छन् ।

यो वर्ष सबैभन्दा बढी कात्तिक महिनामा ९ सय ६२ जनाले एमआरपी बनाएका छन् । अघिल्लो वर्ष सोहि महिनामा ६ सय १४ जनाले बनाएका थिए । सबैभन्दा कम पुस महिनामा ८ सय ४ जना जिल्ला प्रशासन कार्यालयबाट एमआरपी लिएका छन भने द्रृत माध्यम मार्फत साउन महिनामा २ सय ६५ जनाले बनाएका छन् ।

चालु आर्थिक वर्षको ७ महिना बित्तिसक्दा जिल्ला प्रशासन कार्यालय काभ्रेले एमआरपी बनाए बापत २ करोड ५९ लाख ७६ हजार रुपैयाँ राजस्व संकल गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ५८ लाख ५ सय रुपैयाँ राजस्व रकम एमआरपीबाट उठेको थियो ।

बित्तेको सात महिनामा जिल्लामा वंशजका आधारमा ५ हजार ४ सय ८३ जनाले नयाँ नागरिकता लिएका छन् । दुई जनाले वैवाहिक अंगिकृत नागरिता लिएका छन । भने ३ हजार ५ सय ९३ जनाले नागरिकताको प्रतिलिपि लिएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।

प्रकाशित मिति : २०७६, २७ माघ सोमबार  ७ : १६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको