२०८३, २० आश्विन बुधबार

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी

नेपाली रेल फागुनभित्रै, २ सय २६ जनालाई रोजगारी


काठमाडौं , माघ २२: कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।

नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए । भारतीय फ्याक्ट्रीमा निर्माण भइरहेको रेलमध्ये सम्झौताबमोजिम एउटा महिनाअघि र अर्को एक महिनापछि डेलिभरी गर्नेछ ।

पुराना पूर्वाधार र रोलिङ सटक काम लाग्ने अवस्थामा नरहेकाले नयाँ शक्ति तथा नयाँ प्रविधिसँगै विभागले आवश्यक अध्ययन अनुसन्धान गरिरहेको भन्दै उनले हाल भारत सरकारबाट विज्ञ २६ जना कर्मचारी लिने सहमति भएको बताए ।

यसबाहेक नेपालीका लागि सरकारले दरबन्दी आह्वान गर्न २ सय जनाको माग गर्न स्वीकृति दिएको उनले बताए । हाल विभिन्न ४५ पदका लागि २ सय २६ दरबन्दीमा कर्मचारी नियुक्त गर्ने उनले बताए । सरकारले रेल रञ्चालनसम्बन्धी विधेयक पनि संसदमा दर्ता गरिसकेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ७ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको